राष्ट्रिय सुरक्षा नीति मस्यौदा प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश
इन्द्र रिजाल
फागुन २०, २०७५ मंगलबार ०:५८:०
काठमाडौं । राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन र परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समितिले राष्ट्रिय सुरक्षा नीति २०७५ को मस्यौदा प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाएको छ । सोमबार प्रधानमन्त्री निबास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउदै उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले कार्ययोजना बनाएर नै संसोधन र परिमार्जनको प्रतिवेदन तयार गरेको जानकारी दिए ।
उनले २८० स्थानमा पत्राचार गरि लिखित सुझाव मागीएको र प्रतिवेदनमा आवश्यक सुझाव राखिएको बताए । उनले परिमार्जित सुरक्षा नीति २०७५ को कार्यान्वयन भएपछि नेपालको बृहत सुरक्षा व्यवस्था सुदृढ हुने र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समितिले बुझाएको प्रतिवेदन ८ भागमा बिभाजन गरिएको छ । नेपालको संविधानमा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था रहेको छ । यसअघि सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनका लागी रक्षामन्त्री पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार