भियतनामी प्रतिनिधिमण्डल नेपालमा, सभामुख महरासहित नेपाली उच्चपदस्तसँग भेटघाट
इन्द्र रिजाल
फागुन २१, २०७५ बुधबार २:५५:५
काठमाडौं । सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतसँग समाजवादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एवं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भियतको प्रतिनिधिमण्डलले आज छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।
नेपाल भ्रमणमा रहेको भो ट्रोंग भिएत नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाट गरी आपसी हित र दुई देशबीचको संसदीय मामलाका सम्बन्धमा सहकार्यबारे कुराकानी भएको भियतनामी वाणिज्यदूतावासले विज्ञप्तिमार्फत जनाएको हो ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको सो भेटमा सभामुख महराले दुई देशको संसदीय मामला सम्बन्धमा सहकार्य गर्न सकिने बताए । संसद्का सबल पक्षहरुबाट एक अर्का देशले सिक्न सकिने र प्रतिनिधिमण्डल आदान–प्रदानलाई अगाडि बढाउन सकिने उनले उल्लेख गरे ।
सभाका अध्यक्ष तिमिल्सिनासँग भएको एक अर्को भेटमा अध्यक्ष तिमिल्सिनाले भियतनामको शासकीय पद्धति तथा संसद्को व्यवस्था र नेपालको सङ्घीय व्यवस्थाबाट एक अर्का देशले सिक्न सक्ने उल्लेख गरे ।
महाशक्तिसँगको युद्धबाट अघि बढेर भियतनामले अर्थतन्त्र, विकास र सुरक्षाको क्षेत्रमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको कुरासमेत अध्यक्ष तिमिल्सिनाले बताए । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठसँग भएको भेटमा भियतनामको राज्य व्यवस्थालगायत सुरक्षा मामलासम्बन्धी छलफल भएको थियो ।
त्यसैगरी गृहमन्त्री रामबहादुर थापाले भियतनामी प्रतिनिधिमण्डलसँग कुरा गर्दै दुई देशको सुरक्षा चासोमा अध्ययन–अनुसन्धान गर्न सकिने कुरासमेत उनले उल्लेख गरे । उनले नेपालमा भियतनामबाट लगानी वृद्धि हुने आशा व्यक्त गरे । मन्त्री थापालगायत त्यसअघि भएका सबै भेटमा नेपाल बुद्ध भूमि भएकाले धार्मिक पर्यटन प्रवद्र्धनको माध्यमबाट नेपालको अर्थतन्त्र मजबुत तुल्याउन सकिने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार