रेशम चौंधरीको फैसला मान्य नहुने महतोको भनाइ , राष्ट्रिय विद्रोह सुरु गर्ने चेतावनी
इन्द्र रिजाल
फागुन २२, २०७५ बुधबार २३:१३:२५
काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीलाई प्रतिक्रिया दिदै सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसलालाई ‘अन्यायमाथिको पनि अन्याय’ भन्दै टिप्पणी गरे ।
उनले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरु हुने’ बताए । नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको भनि आक्रोश पनि व्यक्त गरे ।
यसैबीच, कैलाली जिल्ला अदालतले रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला गरेपछि राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालको आकस्मिक बैठक अहिले बसिरहेको छ ।
राजधानीको बबरमहलमा दिउँसो साढे तीन बजे बैठक सुरू भएको हो । बैठकमा अब कसरी अघि बढ्ने विषयमा छलफल भैइरहेको राजपाका एक नेताले नेपालबहस डटकमलाई बताए ।
उच्च सुरक्षा अधिकारी र नाबालक गरी ९ जनाको हत्या घटनामा अभियुक्त रहेको अवस्थामा हतारहतार शपथ खुवाइएका रेशम चौधरीको सांसद पद खारेज हुने गरी कैलाली अदालतले बुधबार मात्रै फैसला गरेको छ ।
उता टीकापुर घटनामा दोषी ठहर हुने जिल्ला अदालतको फैसलाले निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।
पाण्डेले नैतिक पतन देखिने फौजदारी कसुर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने उनले बताए । अदालतले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले आज फैसला सुनाएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार