देउवाविरुद्ध छुट्टै समूहको मोर्चाबन्दी : प्रकाशमानको घरमा पौडेल,सिटौलाको भेला !
इन्द्र रिजाल
फागुन २२, २०७५ बुधबार २३:२५:३३
काठमाडौं । नेपाली कांग्रेसभित्र यतिबेला सभापति शेरबहादुर देउवाविरुद्ध अर्को समूहले मोर्चाबन्दी सुरु गरेको छ । पछिल्लो समय देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै मोर्चाबन्दी कसेको यथावत नै छ । अहिले फेरि पौडेल समूहलाई पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला समूहले पनि साथ दिएको छ ।
दुवै समूह सामूहिक रुपमा गोप्य छलफलमा जुटेका छन् । देउवाले पार्टीमा विधि र विधान नमानेको तथा एकलौटी ढंगले अघि बढेको उनीहरुको आरोप छ ।
बहुमतका आधारमा पेलेर विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।
नेता प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, कमला पन्त, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता छलफलमा जुटेका छन् ।
मंगलबार हिजोमात्र नेपाली कांग्रेस केन्द्रीय समितिले महासमिति बैठकको भावनाविपरित विधान पास गरेको भन्दै जिल्ला सभापतिहरू असन्तुष्ट बनेको समाचार बाहिरिएसंगै देउवाविरुद्ध अर्को समूहले मोर्चाबन्दी सुरु गरेको हो ।
असन्तुष्ट बनेका ५६ जिल्लाका सभापतिहरुले तत्काल निर्णय नसच्याए विशेष महाधिवेशन बैठक बोलाउने समेत चेतावनी दिएका छन ।
महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएपछि ५६ जिल्लाका सभापतिहरु आक्रोशित बनेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार