ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस
इन्द्र रिजाल
फागुन २३, २०७५ बिहिबार १५:३६:४८
ललितपुर । ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन् । हरेक वर्ष मार्च २ लाई अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसका रूपमा मनाउने गरिन्छ ।
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र औपचारिकरूपमा सुशासन परियोजनाको तर्फबाट पालिकालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई डाटापोर्टलमा समावेश भएको औजार प्रयोग गर्ने तरिका सिकाइएको थियो भने यसका फाइदा र महत्वका बारेमा अभिमुखीकरण प्रदान गरिएको थियो ।
लिभरपुल इन्टरनेशनल कलेज, काठमाडौँका विद्यार्थीको तर्फबाट स्थानीय सरकारले अभ्यासमा ल्याएका खुला तथ्याङ्क प्रयोग तथा प्रभावकारी सूचना तथा सेवा प्रवद्र्धनसम्बन्धी जागरण नाटक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष सिंतानले गाउँपालिकाका नागरिकले पाउनुपर्ने सबै सूचना खुला गरिएको र सबै सूचना र सेवा खुला गर्नु धेरै महत्वपूर्ण भएको बताएका थिए ।
यसैगरी वागमती गाउँपालिकामा भएको कार्यक्रममा सूचना केन्द्रको उद्घाटन र डाटापोर्टलका औजार र सूचना केन्द्रको हस्तान्तरण, डाटापोर्टल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले नागरिकलाई सुसूचित गर्ने कार्यमा पालिका सदैव तत्पर रहने धारणा राख्दै महिला तथा सिमान्तकृत समुदायमा सूचनाको पहुँच विस्तारका लागि तथ्याङ्क पोर्टल र सूचना प्रविधि केन्द्र फलदायी हुने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार