प्रधानमन्त्री चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन
इन्द्र रिजाल
फागुन २३, २०७५ बिहिबार २०:१६:५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरण गर्ने क्रममा आकाशमा करिब दुई घण्टा ‘होल्ड’ गरिएको छ ।
सरकारले यस विषयमा छानविन गर्न लागेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको छ ।
मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो ।
यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालयका एक अधिकारीले बताए ।
‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ । सुरक्षा र समयका हिसावले पनि यो महत्वपूर्ण हुन्छ’ मन्त्रालयका एक अधिकारी भने,’तर प्रधानमन्त्री बिरामी पनि भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको हो ।’
विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न समितिले सिफारिस गर्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार