सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति
इन्द्र रिजाल
फागुन २५, २०७५ शनिबार १३:४४:४९
काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत रु ५० लाख भुक्तानी गरेपछि पुनः उडान अनुमति पाएको हो ।
सौर्यले काठमाडौँबाट पहिलो उडान भैरहवा भरेको थियो । विराटनगरलगायत अन्य गन्तब्यमा पनि उडान भरेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले विमानस्थललाई गत मङ्गलबार पहिलो चरणको किस्तावापत रु ५० लाख तिरेको थियो ।
बाँकी रकम एक महीनाभित्र तिरिसक्ने कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित रु चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले बचन दिएको उनले उल्लेख गरे ।
नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित तीन स्थानमा उडान सुरु गर्नेछ । यो कम्पनीसँग हाल दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए ।
हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान भर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान भर्ने जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार