प्रदेश ५ मा सांसदको प्रश्न : ‘अस्पतालमा सुई र रुई छैन, के यही हो समृद्धि ?
इन्द्र रिजाल
फागुन २७, २०७५ सोमबार १७:३१:४
काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठकमा सरकारी अस्पतालहरूमा उपचारका लागि आवश्यक औषधि र सेवा नभएको विषयमा प्रश्न उठेको छ ।आइतबार छापेको समाचारको सन्दर्भमा प्रदेश सभा बैठकमा विशेष समय लिएर राजमो सांसद तारा जिसीले भनिन्– सभामुख महोदय, विभिन्न कार्यक्रममा मन्त्रीज्यूहरूले ५ नम्बर प्रदेश आर्थिक समृद्धितिर अगाडि बढिरहेको छ भन्नुहुन्छ, तर हामीले त्यस्तो देखेका छैनौँ ।
यहाँहरूलाई उदाहरण दिऊँ, पाल्पाको हस्पिटलमा रुई र सुई एक वर्षसम्म पुगेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।हस्पिटलमा विभिन्न ठाउँबाट बिरामी आउँछन् । तर, रुई र सुईसमेत नदिँदा तिनीहरूले सहज रूपमा सुविधा उपलब्ध गराउन सकेका छैनन् । गुल्मीलगायतका कैयौँ अस्पतालमा एम्बुलेन्ससमेत छैन ।
बिरामी परेमा सरकारी एम्बुलेन्स नहुँदा व्यक्तिगत रूपमा बिरामी अस्पताल पुग्नुपर्ने अवस्था छ, के यही हो सरकारले ल्याएको समृद्धि ? हामी माननीयलाई समृद्धि होला, सरकारका वरिपरि बसेका ठुल्ठूलालाई तथा मन्त्रीज्यूहरूलाई समृद्धि होला, तर जनताले अहिलेसम्म समृद्धि पाउन सकेका छैनन् । हिजो पञ्चायत तथा राणाशासनमा पनि उनीहरूले समृद्धि भन्थे, तर जनतामा पुगेको थिएन, उनीहरूकै सेरोफेरोमा घुमेको थियो । ५ नम्बर प्रदेशको अवस्था पनि त्यही त होइन भन्ने शंकाको विषय उत्पन्न भएको छ सभामुख महोदय ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सिफारिस
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताबारे अध्ययन गर्न बनेको संसदीय समितिले प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले आइतबार समितिमा पेस गरेको अध्ययन प्रतिवेदनमा प्रतिष्ठानका पदाधिकारीले जथाभावी निर्णय लिएको भन्दै कारबाही गर्नुपर्ने सिफारिस गरेको छ ।
प्रतिष्ठानका पदाधिकारीले जथाभावी ढंगले विवादित निर्णय गरेको गुनासो बढेपछि समितिले सो सम्बन्धमा अध्ययन गर्न २३ माघमा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो । अधिकारी नेतृत्वको अध्ययन उपसमिति गत ४ देखि ६ फागुनसम्म दाङ आएर स्थलगत अध्ययन गरेको थियो । अध्ययन उपसमितिले समितिसमक्ष पेस गरेको प्रतिवेदनको १२ नम्बर बुँदामा प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारी मनोमानी ढंगले चलेको र प्रतिष्ठानको सेवामा यथोचित समय नदिएकाले सरकारले निगरानी र कारबाही गर्नुपर्ने सुझाब दिइएको छ ।
यस्ता छन् पदाधिकारीका कमजोरी
प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन तथा ऐन, कानुनको समेत पालना नगरी जथाभावी काम गरेकाले कारबाही गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ । उपसमितिका संयोजक अधिकारीले प्रतिष्ठानका पदाधिकारीले चरम लापरबाही गरेको अध्ययन समितिले निष्कर्ष निकालेको जानकारी दिए ।
‘पदाधिकारी आफू काठमाडौंमा सम्पर्क कार्यालय खोलेर यतैबाट दाङको प्रतिष्ठान चलाउँदै आएको पाइयो,’ संयोजक अधिकारीले भने, ‘इमर्जेन्सीमा फोहोर थुप्रेर बिरामी बस्नै नसक्ने अवस्थामा पनि सुधार गर्न चासो नदेखाएको पाइयो । लापरबाही हेर्दा यिनै पदाधिकारीले प्रतिष्ठानलाई गति दिन सक्ने देखिएन ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार