सन्दीप स्वदेश फर्किए, एक सातापछि भारत जाने
इन्द्र रिजाल
फागुन २९, २०७५ बिहिबार ३:३२:२
काठमाडौं । युएईमा जारी पाकिस्तान सुपर लिग ‘पीएसएल’ क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।
लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलेका युवा स्पिनर सन्दीप मंगलबार साझ स्वदेश आईपुगेका हुन् । सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।
सन्दीप एक साता नेपाल बसेर भारत जाने छन् । सन्दीप इण्डियन प्रिमियर लिग ‘आईपीएल’का लागि भारत जान लागेका हुन् । यस्तै सन्दीपले क्रिकेटका हस्तीहरुसंग ड्रेसिङ रुममा समय बिताउदा आफुले धेरै सिक्ने मौका पाएको र आफुले अझै धेरै सिक्न बाँकी रहेको बताए ।
आइपिएलमा सन्दीपले दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । गत बर्षको आइपिएलबाट नै उनले टी ट्वान्टीमा डेब्यु गरेका सन्दीपले ११ महिना भित्र विश्व भरका प्रशिद्द फ्रेन्चाइज टी-ट्वान्टी लिगमा आफ्नो प्रतिभा देखाइसकेका छन् । आईपीएल मार्च २३ बाट सुरु हुँदैछ । सन्दीपको टिमको पहिलो खेल मार्च २४ मुम्बई इण्डियन्सविरुद्ध रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार