तीन हजारका दरले चौबिस विद्यार्थीलाई छात्रवृत्ति
इन्द्र रिजाल
चैत १, २०७५ शुक्रबार १६:५२:३३
भद्रपुर । झापा गाउँपालिका–६ शरणामतिस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई रु तीन हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ ।
विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगार छात्रवृत्तिवापत चार गरी २४ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालयमा कनकाई नगरपालिका–३ का प्रतिमान उप्रेती र गङ्गादेवी उप्रेतीद्वारा आमाबुबाको नाममा ‘रमा–पदम स्मृतिकोष’ स्थापना गरिएको थियो ।
त्यस्तै वैदेशिक रोजगारीका लागि कतार पुगेका शरणामतिका युवाले प्रवासी शरणामति युवा समूह विसं २०६५ मा गठन गरेर ‘वैदेशिक रोजगार छात्रवृत्ति कोष’को स्थापना गरेका थिए ।
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप दुवै अक्षयकोषबाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम कार्कीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार