सरकारद्धारा बिप्वल समुहमाथि प्रतिवन्ध : नेत्रबिक्रम चन्द सिन्धुली तिर, प्रकाण्ड दाङमा
इन्द्र रिजाल
चैत ४, २०७५ सोमबार १३:४४:५
काठमाडौं । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाक महासचिवर र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मा (प्रकाण्ड)लाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ।
हाल सिन्धुलीमा रहेका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ।
केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ। उनीहरुको कदम अहिले सम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ।
सो पार्टीका प्रवक्ता समेत रहेका बिश्वकर्मा अहिले दाङमा रहेका छन्। उनका गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ।
सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भए पनि नेताहरु जम्मा हुन नसकेपछि बैठक समेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले दावी गरेको छ।
एक सुरक्षा अधिकारीले भने अन्य नेताहरुको बारेमा पनि हामी अपडेटमा नै छौं। उनीहरुले हिंसात्मक हर्कत गरे भने हामीले पनि छुट्टै रणनीति बनाएका छौ भन्दै ती सुरक्षा अधिकारीले कस्तो रणनीति भन्ने बारेमा खुलाउन चाहेनन।
यता नेकपा माओवादी बिप्वल समुहमाथि प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्ता लाई पक्राउ गरेको छ।
देशका बिभिन्न भागबाट उक्त पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरी राज्य बिरुद्धको अपराधमा कारवाही गर्ने तयारी गरेको बताइएको छ। नेपाल समाचार पत्रमा खबर छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार