नेपाल फूलमा परनिर्भर
इन्द्र रिजाल
चैत ४, २०७५ सोमबार २३:३४:५६
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही चैत ८ देखि १० गतेसम्म २२औँ ‘फ्लोरा एक्स्पो–२०७५’ आयोजना हुनेभएको छ । देशका विभिन्न स्थानमा उत्पादन भएका फूल तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन विस्तार, नयाँ प्रविधिको अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले सो मेलाको आयोजना गर्न लागिएको हो ।
‘फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान)’ को आयोजनामा हुन लागेको उक्त महोत्सवमा मौसमी फूल, आलङ्कारीक बोटविरुवा, कट फ्लावर, ट्राइ फ्लावर, सुनाखरी कम्पोष्ट मल, फूलको गानो, वीउविजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादीका गरी ८४ विक्री कक्ष रहनेछन् । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ हुन लागेका सो महोत्सवको ५० लाख व्यक्तिले अवलोकन गर्ने तथा रु ६० लाखको कारोबार हुने अनुमान आयोजकको छ ।
नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात गरिएको थियो । नेपालमा फूलखेती व्यावसायिक रुपमा गर्न थालेको अढाइ दशक वितेको छ । विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरुभएको फूल व्यवसाय आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करीब ७०० फूल व्यवसायी छन् । लगभग तीनहजार ६० रोपनीमा फूल खेती हुँदै आएको छ भने ४३ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । नेपालमा पुष्पखेती वार्षिक १५ प्रतिशतले वृद्धि भइरहेको छ । आव २०७४/७५ मा रु दुई अर्ब २५ करोडको व्यावसायिक कारोवार भएको थियो । सोही वर्ष रु ११ करोडको आयात र रु दुई करोड ३७ लाखको निर्यात भएको थियो ।
थप समाचार तलका लिंकमा पनि पढ्नुहोस्…..
पाँच महिनामा ३४ अर्बको खाद्यान्न, मकै-भटमासमै अर्बौ बाहिरिदै !
किसानमारा कम्युनिष्ट नीति : पाँच महिनामै आयो २८ करोडको तरकारीको बिऊ
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार