भाजपाका प्रमोद सावन्त नयाँ मुख्यमन्त्री
इन्द्र रिजाल
चैत ५, २०७५ मंगलबार १६:३३:४०
एजेन्सी । मुख्यमन्त्री मनोहर पर्रिकरको निधनपछि भारतको गोवामा भारतीय जनता पार्टी ‘भाजपा’का प्रमोद सावन्त नयाँ मुख्यमन्त्री भएका छन् । विधानसभाका सभामुख रहेका सावन्तले हिजो राति स्थानीय समयअनुसार १.५० बजे पदको सपथ लिएका छन् ।
सावन्तका साथै महाराष्ट्रवादी गोमान्तक पार्टीका विधायक सुदिन धवलिकर र गोवा फरवार्डपार्टीका अध्यक्ष एवं विधायक विजय सरदेसाईलगायत ११ विधायकले मन्त्री पदको सपथ लिएका छन । धवलिकर र सरदेसाईले उपमुख्यमन्त्री पद सम्हाल्ने बताइएको छ ।
सपथ लिएपछि मुख्यमन्त्री सावन्तले मनोहर पर्रिकरकै कारण आफू यहाँसम्म आएको भन्दै आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउने बताएका छन् । नयाँ सरकारलाई २० विधायकको समर्थन रहेको छ ।
यता गोवा कांग्रेसले भने भाजपाको सरकारको विरोध गरेको छ । कांग्रेस नेता सुनील कौथंकरले राज्यपाल मृदुला सिन्हासमक्ष यो अलोकतान्त्रिक कार्यको विरोध गरेको जनाएका छन् ।
उनले राज्यमा सबैभन्दा ठूलो पार्टीलाई सरकार बनाउने मौका नदिएको उल्लेख गर्दै भाजपासमक्ष सरकार बनाउनका लागि बहुमत नभएको बताए ।
नयाँ मुख्यमन्त्री सावन्त गोवाको संखालिम विधानसभाबाट निर्वाचित हुन् । उनीपेशाले आयुर्वेद चिकित्सक हुन् । उनी विगतमा पर्रिकरको निकट मानिन्थे । ४० सदस्यीय गोवा विधानसभामा हाल ३६ विधायक छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार