भाजपाद्धारा लोकसभा निर्वाचनका लागि उम्मेदवार सार्वजनिक, मोदी बनारसबाटै उम्मेदवार !
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार १४:२२:६
दिल्ली । भारतको सत्तारुढ भारतीय जनता पार्टीले यही चैत २८ गतेदेखि हुने १७ औं लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको छ।
भारतीय जनता पार्टीले विहीबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो पार्टीका १८४ जना उम्मेदवारको नाम घोषणा गरेको हो। घोषित सूचीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि बनारसबाट उम्मेदवार बन्ने भएका छन् । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै उम्मेदवार बनेका थिए।
सार्वजनिक सूचीमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष लालकृष्ण आडवाणीको नाम भने छैन। आडवानीको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टी अध्यक्ष अमित शाह उम्मेदवार बन्ने भएका छन्।
भाजपाका पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उम्मेदवार हुने भएका छन्। अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः नागपुरबाटै चुनाव लड्ने भएका छन्। भाजपाले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट केन्द्रीय मन्त्री स्मृति इरानीलाई उठाउने भएको छ।
यसैबीच उत्तर प्रदेशकी प्रभावशाली नेतृ मायावतीले आगामी चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्। मायावतीले अप्रत्यासित निर्णय गर्दै चुनावमा भाग नलिने बरु उत्तर प्रदेशको सत्तारुढ दल भाजपालाई परास्त गर्न गठबन्धनमा ध्यान दिने बताएकी छन्।
चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री बनेकी मायावतीलाई उत्तर प्रदेशको दलित समुदायकी ‘आइकन’ मानिन्छ। प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ जना उम्मेदवारको सूची सार्वजनिक गरेको थियो। भारतीय निर्वाचन आयोगले ५४३ सदस्यीय लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार