श्रीलंकामा रिफाइनरीका लागि करिब चार अर्ब वैदेशिक लगानी भित्रियो
इन्द्र रिजाल
चैत १०, २०७५ सोमबार १:२३:५९
श्रीलंका । श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना ‘रिफाइनरी’ निर्माण गरिने भएको छ ।
चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको हो । श्रीलंकाली अधिकारीहरुले रिफाइनरीको स्थापनाले हमबनटोटा बन्दरगाह र यस वरपर आर्थिक चहलपहल बढ्ने अपेक्षा गरेका छन् ।
चिनियाँ ऋण सहयोगमा निर्मित हमबनटोटा बन्दरगाहको सञ्चालनमा श्रीलंकामा वित्तीय विवाद उत्पन्न भएपछि उक्त बन्दरगाह ९९ वर्षका लागि चीनलाई नै लिजमा दिइएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले रिफाइनरी प्लान्ट निर्माणको शिलान्यास गर्दै हमबनटोटा क्षेत्र विश्वकै लागि लगानीको महत्वपूर्ण केन्द्र हुन सक्ने विश्वास व्यक्त गरे ।
श्रीलंकाको इतिहासमै यो सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो । यो कम्पनी ओमान सरकार र सिंगापुरमा दर्ता भएको सिल्भर पार्क इन्टरनेसनलले संयुक्त प्रबद्र्धन हो । यस कम्पनीको स्वामित्व भारतीय परिवारमा रहेको बताइन्छ ।
शिलान्यास समारोहमा प्रधानमन्त्री विक्रमासिङ्घेले भन्नुभयो, “ओमान सरकारले देखाएको अभिरुचि तथा विश्वका अरु भागका धेरै लगानीकर्ताले देखाएको रुचिले हमबनटोटा एउटा अन्तर्राष्ट्रिय लगानीको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित हुने सम्भावना बढाएको छ ।”
सो अवसरमा उनले तीन महिनाभित्रै भारतीय उड्डयन निकायसँग एउटा सम्झौता हुन लागेको पनि जानकारी दिए । उक्त सम्झौता बमोजिम करिब २१ करोड अमेरिकी डलरको भारतीय लगानीमा हमबनटोटा विमानस्थलको पुनर्निर्माण हुन लागेको छ । यस विमानस्थलमा हाल अति झिनो संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।
बन्दरगाह नजिक तेल भण्डारण ट्याँकर दुई वर्षभित्रै निर्माण भइसक्ने छ भने रिफाइनरीको निर्माण सन् २०२३ भित्रै सम्पन्न हुनेछ ।श्रीलंकाको दोस्रो यो रिफाइनरी पूर्ण सञ्चालनमा आएमा वार्षिक करिब ९० लाख टन प्रशोधित पेट्रोलियम पदार्थ निकासी गर्न सकिने छ ।
श्रीलंकामा आफ्नै तेलकुवा छैनन् । श्रीलंकामा अन्यत्रबाट कच्चा तेल ल्याइन्छ, तर अहिलेको रिफाइनरी मुलुकको आवश्यकता धान्न अपर्याप्त छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार