दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सांसद थापा अमेरिका प्रस्थान
इन्द्र रिजाल
चैत १२, २०७५ मंगलबार २१:५४:१५
काठमाडौं । सांसद गगनकुमार थापा हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सोमबार राति अमेरिका लागेका छन् ।
व्यस्तताका कारण प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने रहर अधुरो भए पनि सर्ट कोर्षबाट केही सिक्न हार्वर्डमा आवेदन गरेको थापाले बताए ।
दुई साताको सर्ट कोर्षका लागि गत वर्ष नै छनौट भए पनि व्यस्तताले जान नपाएको उनले जानकारी दिए । ‘कोर्ष दुई हप्ताको मात्र भए पनि छनोट भएदेखि नै इमेलमार्फत गृहकार्य गराई अधिकतम उपलब्धीमूलक बनाइदो रहेछ,’ उनले भने ।
राजनीतिकर्मी, व्यापारी, कर्मचारीलगायत सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयका सर्टकोर्षको आकर्षण भने निकै छ । वर्षभरि पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्छन ।
सर्ट कोर्षमा सहभागी भइसकेका पूर्व सचिव कृष्ण ज्ञवालीका अनुसार विश्वभरिबाट सहभागी हुने भएकाले विख्यात विश्वविद्यालयको पढाई निकै उपलब्धिमुलक हुन्छ ।
राजनीतिकर्मी सहभागी हुने कक्षामा विश्वभरिका राजनीतिकर्मी सहभागी हुने भएकाले इन्टरनेटमार्फत भविष्यमा पनि अनुभव आदानप्रदान, अन्तरक्रिया गर्दै थप उपलब्धि लिन सकिने उनले बताए ।
एमआइटीमा सर्ट कोर्ष गरेका व्यवसायी निरञ्जन श्रेष्ठले विख्यात विश्वविद्यालयको पढाईले छोटो समयमै विश्व हेर्ने दृष्टिकोणनै परिवर्तन हुने बताए ।
उनी पनि हार्वडको सर्ट कोर्षको तयारीमा छन् । विश्वभरिका ६०र७० जना सहभागीसँगै अध्ययन गर्नुपर्ने भएकाले उपलब्धिमुलक हुने उनी बताउँछन् ।
अध्यापन र सार्वजनिक क्षेत्रको अनुभवी प्राध्यापकहरुले पढाउने भएकाले राजनीति गरेर केही राम्रो र नयाँ गर्नुपर्छ भन्नेलाई धेरै फाइदा हुने उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार