डब्लुडब्लुजेद्धारा १५ जना पत्रकार महिला सम्मानित
इन्द्र रिजाल
चैत १२, २०७५ बुधबार ०:४४:२
काठमाडौं । क्रियाशिल महिला पत्रकार डब्लुडब्लजेले मंगलबार एक कार्यक्रम बीच बीस वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुराएका १५ जना महिला पत्रकारलाई सम्मान गरेको छ ।
सम्मानित महिला पत्रकारहरुमा बांकेबाट अछरी पोख्रेल, धनकुटाकी अन्जना ताम्ली, आरती चटाैत , उषा तितिछु , निर्मला आचार्य , प्रेमकुमारी पन्त, बबिता बस्नेत , रम्यता लिम्बु, रमा पराजुली, राधा बुढाथोकी, रीता गुरुङ , लिला शाह दाङ्ग, संगीता लामा , सरला संग्रौला र हरिकला अधिकारी काठमाडौंलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा १५ जनाको जीवनी समेटिएको पुस्तक पनि लोकापर्ण गरियो । १०९ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर काठमाडौंको अनामनगरस्थित यूनियन हाउसमा पुस्तक लोकापर्ण तथा लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध महिला पत्रकारहरूलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा सम्मानित हुनेलाई बधाई दिदै पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले महिला पत्रकारहरुकाे संख्यालाई बढाइ राख्न चुनौती रहेको र यसमा राज्यले पनि ध्यान दिनुपर्ने बताए ।
यस्तै पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारले जस्तै सबै संघसंस्थाले पनि काम गर्नुपर्ने बताए । उनले सम्मानजनक सहभागिताका लागि देशैभरका पत्रकारहरुको अवस्थाका बारेमा महासंघले पनि ध्यान दिने बताए । महासचिव विष्टले सम्मानित सबैलाई शुभकामना व्यक्त गर्दै नेपालको प्रेसले द्धन्द्धलाई राम्रोसंग बुझेको छ र कतिपय अवस्थामा समाचार कक्षबाटै पत्रकार गिर्पतारका कुरा महासंघले सहेर नबस्ने बताए ।
महिला सांसदका कुरा अझै खुलेर बाहिर आउनु पर्ने र यसमा पत्रकार महिलाकै भुमिका महत्वपूर्ण रहने राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले बताए । उनले देशमा अहिले पनि पत्रकार भनेको बत्ती हो जसले उज्यालो दिन्छ । तर तिनै पत्रकारहरुलाई अझै पनि चुनौती रहेकाले सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सम्मानितको प्रतिनिधित्व गर्दै नेपालगञ्जकी पत्रकार अक्षरी पोखरेलले महिला पत्रकारलाई पत्रकार महासंघले समेट्न नसकेको अवस्थामा डब्लुडब्लुजेले पुस्तकमा समेटेर इतिहास निर्माण गरेकोमा खुसी व्यक्त गरिन्।
त्यसैगरि घटना र विचारकी सम्पादक बबिता बस्नेतले महिला पत्रकारले कहाँकहाँ राजनीतिक नियुक्ति पाइन्छ भन्नुभन्दा पनि आफूले काम गरेको मिडिया हाउसमा नीति निर्माण तहसम्म पुग्ने कोशिस गर्नुपर्ने विचार राखिन्।
केन्द्रिय अध्यक्ष अमिका राजथलाको सभाअध्यक्षमा भएको कार्यक्रममा बासु क्षितिजद्धारा डिजाइन तथा ओपन सोसाइटी फाउन्डेसनको सहयोगमा प्रकाशित उक्त पुस्तकको लेखन निर्मला आचार्य र सम्पादन संगीता लामाले गरेका हुन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार