एसइई परीक्षा : पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ
इन्द्र रिजाल
चैत १३, २०७५ बुधबार २१:५९:१२
सप्तरी । एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ ।
चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए । यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ ।
जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत आजको परीक्षा सकिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन फेला परेको मोबाइल उनीहरुको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोबाइल प्रयोग गरी भाइबर, वाट्सअप र फेसबुकको चाट म्यासेञ्जरबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उत्तर पुस्तिकामा उतार गर्ने गरिएको पाइएको छ । कमलेश्वरी किशुन झौलाई मावि वनरझुला केन्द्रमा मोबाइललगायत फ्लाप कपीबाट चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पनि आजै पक्राउ परेका छन् ।
उक्त विद्यालयमा चिटका लागि प्रयोग भएको बेवारिसे मोबाइल समेत फेला परेको छ । चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा खडक नगरपालिका– ४ का देवनारायण मण्डल, खडक ९ का मनोजकुमार चौधरी र खडक– १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका–४ का लगेन्द्रप्रसाद चौधरी र सुरुङ्गा–८ का रामानन्द चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । परीक्षा अमर्यादित भएको विषयमा केन्द्राध्यक्ष रामअवतार गुप्तालाई समेत राजविराज झिकाइ सोधपुछ गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार