२ खर्ब २५ अर्ब करको भार कटौति गरिदिने
इन्द्र रिजाल
चैत १४, २०७५ बिहिबार १७:१६:५४
काठमाडौं । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौति गर्ने बताएको छ ।
चीनले व्यवसायिक संस्थानबाट मूल्य अभिवृद्धि कर वापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धारासायी बन्न नदिने प्रयासस्वरूप उक्त योजना ल्याउन लागेको भन्सार कार्यालयले जनाएको छ ।
चिनियाँ सामान्य भन्सार प्रशासनले बुधबार कर छुटबारे जानकारी गराउँदै भन्यो, “सरकारले आगामी अप्रिल १ देखि लागू हुनेगरी उक्त कर छुट योजना ल्याएको र सामान आयातमा दिइने छुटबाट सरकारले यस बर्ष ३३ अर्ब ५० करोड अमेरिकी डलर बराबरको दायित्व बहन गर्नुपर्नेछ ।”
भन्सार कार्यालयले भनेको छ, “करदाताहरूले विदेशबाट ल्याउने सामानमा तिर्दै आएको १६ प्रतिशत करमध्ये तीन प्रतिशत कर छुट पाउनेछन् भने १० प्रतिशत भ्याट बुझाउँदै आएका कम्पनी तथा फर्मले नौ प्रतिशत मात्र कर बुझाए पुग्नेछ ।”
सन् २०१८ को मे १ पहिले १७ प्रतिशत र ११ प्रतिशत कर उठाउँदै आएकोमा मे १ पछि सरकारले यसबाट एक प्रतिशत कम अर्थात क्रमश १६ र १० प्रतिशत मूल्य अभिवृद्धि कर उठाउँदै आएको थियो ।
पछिल्लो निर्णय अनुसार सीमापारबाट इ–कमर्समार्फत आयातित वस्तुको खुद्रा सामानको मूल्यमा पनि कर छुट हुनेछ जसबाट स्वदेशमा निर्माण गरिएका वस्तुको मूल्य सुलभ भई स्वदेशी कम्पनी तथा फर्मलाई एक खर्ब ३५ अर्ब युआन बराबरको लाभ हुने बताइएको छ ।
चीनको सरकारी कार्यक्रम प्रतिवेदन अनुसार ठूलो दरका कर तथा शुल्कमा यस बर्ष कटौति गर्ने र करदातालाई करको भारमा कटौति गर्ने र घरेलु कम्पनी तथा फर्मको विमाबाट प्राप्त हुने झण्डै दुई ट्रिलियन युआन बराबरको सामाजिक विमाको योगदानबाट मिलान गर्ने आश्वासन दिएको थियो । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयुक्रेनी राष्ट्रपति जेलेन्स्कीले बर्खास्त गरे एक शीर्ष कमाण्डर
असार ११, २०८१ मंगलबार
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज
असार ११, २०८१ मंगलबार
अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार