स्मोलेट मुद्दालाई एफबिआई तथा न्याय विभागले पुनः विचार गर्न आवश्यक : ट्रम्प
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १२:५६:०
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन् “ एफबिआई र न्याय विभागले सिकागोमा दर्ता जुसी स्मोलेटमाथि लागेको घृणित मुद्दाबारे पुनः मुल्याङ्कन गर्नेछ । यो हाम्रो राष्ट्रको लज्जाको बिषय बनेको छ ।”
अभियोजनकर्ताहरूले स्मोलेटमाथि लागेका गम्भीर खालका सबै १६ आरोपलाई सामुदायिक सेवाप्रति उत्तरदायी बन्ने र १० हजार अमेरिकी डलर जरिवाना तिर्ने सहमतिमा स्थगित गरिएको बताएका थिए ।
तर स्मोलेटका वकीलहरूले यस प्रकारको सहमति नभएको तर राज्यद्वारा मुद्दा खारेज गरेको बताएका छन् । उनीहरूले हतारमा निर्णय सुनाइँदा ‘प्रसिद्ध’ टेलिभिजन कलाकार स्मोलेट पीडित बनेको उनका वकीलहरूले बताएका छन् ।
फक्स संगीत नाटक ‘साम्राज्य’ का मुख्य कलाकार छत्तिस बर्षीय स्मोलेटसहित ताराजी पी हेनसनविरूद्ध ख्याति र पैसाका लागि उनी सिकागोस्थित घरमा रहेका समय दुई नकाबधारी व्यक्तिले रातिमा आक्रमण गरेको झुट्टो खबर प्रहरीलाई गरेका थिए ।
अफ्रिकी अमेरिकी समुदायका समलिङ्गी स्मोलेटले उक्त घटनामा आफू निर्दोष रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार