डिएलएका असंन्तुष्टहरु पनि लागे आधिकारिक उम्मेदवार जिताउन
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १८:२२:९
काठमाडौं । नेपाल बार एशोसियशनको निर्वाचनका लागि डेमोक्र्याटिक लयर्स एशोसियशन ‘डिएलए’ का तर्फबाट उम्मेदवार छनौटपछि असन्तुष्ट भएकाहरु पनि पछिल्ला केही दिनदेखि आधिकारिक उम्मेदवारलाई नै विजयी गराउन सक्रिय भएका छन् ।
डिएलए र बारका पुर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु र अध्यक्षका आकांक्षीहरु उम्मेदवार छनौटपछि असंन्तुष्ट भएर केहीदिन निस्क्रिय भएपनि अहिले भने सबैजना उम्मेदवारहरु विजयी गराउन सक्रिय भएको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए ।
डिएलएको उम्मेदबारीप्रति असंन्तुष्ट भएका भनिएका वरिष्ठ अधिवक्ता तथा बारका पुर्व अध्यक्षद्धय हरिहर दाहाल, प्रेमबहादुर खड्का, अध्यक्षका आकांक्षीद्धय माधव बास्कोटा, यदुनाथ खनाललगायतले पनि व्यक्तिगत चाहना र असंन्तुष्टीलाई बिर्सेर लोकतन्त्रवादी कानुन व्यवसायीहरुलाई विजयी गराउनु अहिलेको आवश्यकता भएको बताउदै उनीहरुलाई जिताउने पक्षमा लागेका हुन् ।
आफुहरुले असहयोग गरेर वा निस्क्रिय भएर डिएलएका उम्मेदवार पराजित भएमा लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिकामा नै असर पर्ने भएकाले असन्तुष्टी भएपनि लोकतन्त्रवादीलाई जिताउन आवश्यक रहेको उनीहरुले बताएका छन् ।
आफुले चाहेकालाई उम्मेदवार बनाउन नपाएपछि केही दिन डिएलएका केही अगुवाहरु असंन्तुष्ट रहेको देखिएको थियो । तर अहिले उनीहरुले नै आफ्ना निकटस्थहरुलाई सूनिलकुमार पोखरेल नेतृत्वको समूहलाई विजयी गराउन सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।
सत्तारुढ दल निकट कानुन व्यवसायीहरुको समूहले जितेमा सत्ता पक्षको प्रभावमा परेर लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपका बारेमा बारले आवाज उठाउन नसक्ने भएकाले विपक्षी दल निकट र लोकतन्त्र पक्षधरलाई नै जिताउनु पर्ने उनीहरुको भनाई छ ।
बार एशोसियशन सरकारको प्रभावमा नपरी नागरिकका तर्फबाट आवाज उठाउनु पर्ने संगठन भएकाले सत्तासँग नजिक नभएकाहरु विजयी भएमा आवाज उठाउन नसक्ने उनीहरुको ठम्याई छ । उनीहरुले उम्मेदवारहरुलाई भेटेर वा फोन गरेर जितका लागि शुभकामना र सुझावहरु पनि दिने गरेका छन् ।
बारका पुर्वमहासचिव समेत रहेका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले विगतमा आफुले पाएको जिम्मेबारी सफलतापूर्वक पुरा गरेको र आफ्नो अहिलेको समूह सबै दृष्टिकोणले सन्तुलित, समावेशी र प्रतिनिधिमुलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गरेका छन् ।
उनले कानुन व्यवसायी पारदर्शी हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन र बारलाई समेत पारदर्शी बनाउन भन्दै हिजो सम्पत्ति विवरण सार्वजनिक गरेकोमा त्यसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।
अध्यक्षका उम्मेदवार पोखरेलले बारको अध्यक्षमा निर्वाचित भएमा कार्यकाल सकिएपछि पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ । बार एशोसियशनको उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुनै बैधानिक व्यवस्था नभएपनि उनले विवरण सार्वजनिक गरे ।
पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दावीसहित चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिए । कानून व्यवसायीहरूको छाता संगठन मानिने एशोसियशनको नयाँ नेतृत्व चयनका लागि यही चैत १६ गते शनिबार ‘भोली’ मतदान हुन लागेको छ ।
एशोसियशनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक/एक जना र एक महिला गरी ८ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
कति वर्ष बस्ने हो त्यसको सबै खर्च हिसाव गरेर मात्र छोराछोरीलाई क्यानडा पठाउनूः दूतावास
बैशाख २०, २०८१ बिहिबार
अर्थमन्त्रीले कसरी बनाउँदैछन आगामी बजेट ?
बैशाख २०, २०८१ बिहिबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले चार बजे बोलाए मन्त्रिपरिषद् बैठक, बजेट अधिवेशनबारे निर्णय हुने
बैशाख २०, २०८१ बिहिबार
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
बैशाख २०, २०८१ बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुतवासको आग्रह
बैशाख २०, २०८१ बिहिबार