इन्टरनेट सामाग्री नियन्त्रणका लागि सहयोग गर्नुहोस् : मार्क जुकरबर्ग
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १८:०:५४
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले इन्टरनेटका सामाग्रीमाथि नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय र सरकारले थप सक्रिय भूमिका निभाउनु पर्नेमा जोड दिएका छन् ।
वासिङ्टन पोस्टमा प्रकाशित लेखमा फेसबुकका प्रमुख भन्छन्, ‘हानिकारक सामाग्रीहरुमाथि नियन्त्रणको जिम्मेवारी एउटैले लिन कठिन हुन्छ ।’
उनले निम्न चार क्षेत्रमा नयाँ कानुनका लागि आग्रह गरेका छन् : हानिकारक सामाग्री, चुनावी अखण्डता, गोपनीयता र डाटा पोर्टाबिलिटी ‘तथ्याङ्कलाई सहजरुपमा लिन योग्य’ ।
एक बन्दुकधारीले न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेको मस्जिदमा आक्रमण गर्नको लागि फेसबुक साइटको प्रयोग गरेको दुई हप्तापछि यो कुरा आएको हो ।
जुकरबर्ग लेख्छन्, ‘कानुनविद्हरु आफूसँग भाषण र वाक् स्वतन्त्रा बढी भएको स्वीकार्छन् र स्पष्टरुपमा म यसमा सहमत छु ।’ उनले फेसबुकलाई मानिसले उजुरी र छलफल गर्न सक्ने एक स्वतन्त्र निकाय बनाइनुपर्नेमा जोड दिएका छन् ।
जुकरबर्गले विज्ञान र प्रविधि कम्पनीमाथि लागू हुने नयाँ कानुनको पनि वर्णन गरेका छन् । उनी भन्छन्, ‘यो नयाँ नियम सबै वेवसाइटका लागि समान हुनुपर्छ, जसले हानिकारक सामाग्री को प्लेटफर्ममाथि रोक लगाउन सकियोस् ।’
फेसबुकले यी सबै मुद्दाहरु सुल्झाउने जिम्मेवारी लिएको र यसका लागि विश्वभरका सांसदसँग चर्चा गर्नको लागि आफू तयार भएको जुकरबर्गले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार