बारापर्सामा भीषण हावाहुरी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ६ सय भन्दा बढी घाइते !
इन्द्र रिजाल
चैत १८, २०७५ सोमबार १३:७:४१
बारा । आइतबार साँझ एक्कासी आएको हावाहुरी र असिनापानीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् । इँटाभट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको छ।
बाराको कलैया लगायत दक्षिण भेगमा हावाहुरीले धेरै असर पुर्याएकाे बताइएको छ । अचानक आएको हावाहुरीका कारण बारापर्सा र आसपासका जिल्ला धेरै प्रभावित भएको छ । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार अहिले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी उद्धार गर्न आकस्मिक बैठक बसिरहेको छ ।
यता उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय तथा सर्वसाधारण र राजनीतिक कार्यकर्ताहरु घाइतेहरुलाई रगतको अभाव नहोस भनेर रगत संकलनमा जुटेका छन्।
यो पनि :
बारामा हावाहुरीको कहर : २५ जनाको मृत्यु, ४०० बढी घाइते !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार