आईपीएल क्रिकेट : सन्दीपको टिम दिल्ली हैदरावादसंग पराजित !
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १२:५७:३१
एजेन्सी । सनराइजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा तेस्रो जित निकालेको छ ।
बिहिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै हैदरावादले तेस्रो जित निकालेको हो ।
फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको १३० रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदरावादको जितमा जोनी बेर्सस्टोले आक्रामक ब्याटिङ गर्दै ४८ रन बनाए । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
यस्तै मोहमद नाबीले अविजित १७ तथा विजय शंकरले १६ रन बनाए । डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०र१० विकेट लिए ।
दिल्लीका सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले समान १र१ विकेट लिए । हैदरावादविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिएका हुन् । हैदरावादसंगको विकेटसंगै सन्दीपले यस सिजनको ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडे ।
यस्तै दिल्लीका लागि अक्षर पटेलले अविजित २३ रन जोड्दा क्रिस मोरिसले १७ रन जोडे । शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी शले ११ रन जोडे ।
हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २र२ विकेट लिए । जितसंगै हैदरावादले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । र, हैदरावाद शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीको यो लगातार दोस्रो हार र समग्रमा तेस्रो हार हो । पाँच खेलमा २ जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौ स्थानमा रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार