नेपाली ३८ अर्ब रुपैयाँमा विश्वकै धनी मानिसको २५ वर्षको सहयात्रा टुङ्गियो !
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १७:२३:२४
एजेन्सी । २५ वर्ष वैवाहिक जीवनमा रहेका दम्पतीको दुनियाकै महंगो डिर्भोस हुने भएको छ । हाल संसारको सबैभन्दा धनी मानिस रहेका अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्दबिच्छेद हुने पक्का भएको छ ।
संसारको अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको ‘करिब ३८ अर्ब नेपाली रुपैयाँ बढी’मा सम्बन्धविच्छेदका लागि सहमती भएको बताइएको छ । जेफ बेजोसले स्थापना गरेको अनलाइन किनमेल कम्पनी अमेजनको चार प्रतिशत सेयर उनकी पत्नी मक्केन्जीसँग हुने भएको हो ।
स्मरण रहोस जेफले वाशिङ्टन पोस्ट दैनिक सन् २०१३मा किनीसकेका छन् । उनको सो वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग भने श्रीमतीको सम्पतीको कुनै सम्बन्ध रहने छैन।यसबारे मेक्केन्जीले एक टुइट सेयर गरेकी छन् ।
सन् १९९४ मा जेफले एमेजन स्थापना गर्नु अगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कामदारहरूमध्येकी थिइन्।मक्केन्जी एक सफल लेखिका मानिन्छिन् । ४८ वर्षीय मक्केन्जीले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन्।
अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ। सन् २०१८ मा एमेजनले २.३ खर्ब डलरको समान बेचेको थियो।
जेफ बेजोससँग एमेजनको १६।३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र माक्केन्जीले आफ्नो सेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने
माघ १०, २०८१ बिहिबार
बबी देओल र सैफअली पछि यी फ्लप नायक बन्दैछन् खलनायक
माघ १०, २०८१ बिहिबार
ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने
माघ १०, २०८१ बिहिबार