स्याङ्जाबाट कमिशनका लागि ‘पोखरा’ !
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १३:१५:४१
प्रकाश डोटेल
२२ चैत्र, स्याङ्जा । स्याङ्जाबाट सरकारी कार्यालयका प्रमुखहरू कमिशनका लागि ‘पोखरा’ जाने गरेका छन् । प्रमुखहरूले कार्यालयमा प्रयोग हुने सामग्री खरिद गर्नं कमिशनका लागि पोखरा जाने गरेका हुन् । जिल्ला सदरमुकाममा झण्डै २ दर्जन सरकारी कार्यालय संचालनमा छन् ।
प्रत्येक वर्ष २ देखि ३ लाखसम्म कार्यालय प्रयोजनार्थ खरिद गरिने सामग्री पोखराबाटै ल्याउने गरिएको छ । विना प्रतिस्पर्धा कमिशनका लागि कार्यालय प्रमुखले पोखराबाट सामान खरिद गर्ने गरेका छन् । कमिशनका लागि कार्यालयकै सवारी साधनमार्फत ढुवानी समेत उनीहरु आफै गर्ने गरेको आरोप लागेको छ ।
“वार्षिक रुपमा खरिद हुने सामग्रीको लिष्ट अनुसारको कोटेशन समेत हामीसँग मागिदैन् ।” जिल्लाका एक व्यवसायी भन्छन्, “कमिशनका लागि हाकिमहरु सिधै पोखरा जाने बिल बनाउने, कमिशन वापतको रकम बुझ्ने र बिल अनुसारको भुक्तानी दिन लेखापाललाई कार्यदेश दिने गरेका छन् ।” ढुवानी रकम आफै लिन सरकारी गाडीमै सामान ओसारपसार हुने गरेको एक व्यवसायीले बताए ।
कार्यालयमा प्रयोग हुने फर्निचर, कम्प्यूटरजन्य सामग्री खरिद गर्न हाकिम आफै खट्ने गरेका छन् । प्रिन्टरमा मसि रिफिल गर्न समेत प्रमुखले कमिशनका लागि अग्रसरता देखाएपछि आफूहरु केही बोल्न नसकेको एक सरकारी कार्यालय सुब्बा तहका (स्टोर्स) शाखा कर्मचारीले बताए ।
टेबल, कुर्चि, सोफा र पर्दा समेतका फर्निसिङ्गका सामान मात्रै नभएर ईलेक्ट्रोनिक सामान कम्प्यूटर, प्रिन्टर, मल्टिपल्क हाकिमले ल्याएको त्यी कर्मचारीले बताए । के बोल्नु, बोले शंका ? कराउँछन् ! नाम उल्लेख नगर्ने शर्तमा सुब्बा तहका कर्मचारी भन्छन, “कतिसम्म छ भने प्रिन्टरमा रिफिल गर्न परे कमिशन मात्र होईन् जिल्ला बाहिर आफन्तको पसलमा लगिन्छ ।”
स्याङ्जाका बजारमा तोकिएको मापदण्डका सामान नपाईने गरेको सरकारी दाबी छ । कम मुल्यमा गुणस्तरको सामान जिल्लामा नपाएका कारण पोखरा जानुपरेको कार्यालय प्रमुखको भनाई छ । उनीहरुका अनुसार स्थानीय बजारमा बढि मुल्य र कम गुणस्तरका सामान मात्रै छन् ।
सरकारी सवारी साधन मर्मतमा त सरकारी निकायमा ब्रह्मलुट नै चलेको श्रोतले जनाएको छ । श्रोतका अनुसार हरेक ४÷६ महिनाको अन्तरमा लाखौलाखका बिल भुक्तानी गर्दा लेखाफाँटका कर्मचारी हैरान हुन्छन् । “कति धेरै बिल हो ? भनेर सोध्यो भने हाकिम सापले बनाउन भन्नुभयो, बनाएको धेरै नै लाग्यो भन्छन् मर्मत केन्द्रका मालिकहरु ।” नाम उल्लेख नगर्ने शर्तमा एक लेखापाल भन्छन, “बिल घटाउन खोज्दा र भुक्तानी रोक्दा हाकिमको हप्की खानुपर्छ ।”
चालु आर्थिक वर्षमै झण्डै २ दर्जन जिल्लास्थित सरकारी कार्यालयमा कार्यालय संचालन खर्च करिब ६० लाखदेखि ८० लाखसम्म रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय संचालन खर्च शिर्षककै रकममा कमिशनका लागि प्रमुखहरु सामान खरिदका लागि पोखरा जाने गरेका हुन् ।
“सार्वजनिक खरिद ऐन अन्र्तगत गुणस्तर निर्धारण गरेर मुल्य घटाघटमा सूचना आव्हान गरेर आवश्यक सामान खरिद गर्नुपर्ने प¥यो ।” व्यवसायी भन्छन्, “सूचना जारी गर्न नपर्ने हाकिमको तजविज र क्षेत्राधिकार भित्रको रकममा खरिद गर्नपरे स्थानीय व्यवसायीबीच कोटेशनमा प्रतिस्पर्धा गराएर सामान खरिद गर्नुप¥यो ।” बजेट पनि नखुलाउने र स्थानीय बजारमा बढि मुल्यका गुणस्तरहिनका सामान मात्रै छ भनेर छुटकरा पाउन नहुनेमा व्यवसायीले जोड दिए ।
स्थानीय व्यवसायी विस्थापित हुन मात्रै बाँकी छ । कमिशनकै लागि कार्यालय प्रमुखहरु सामान खरिद गर्न पोखरा जाने क्रम नरोकिए व्यवसायीहरु त्यस विरुद्ध उठ्ने व्यवसायीको चेतावनी छ । अब सम्बन्धित निकायमा उजुरी गर्ने, सामान ओसारपसार गरेको देखेमा कब्जा गरे स्थानीय प्रशासनलाई बुझाउने सम्मको तयारीमा व्यवसायी एकजुट देखिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार