सामसङ नेपालले ल्यायो कन्जुमर इलेक्ट्रोनिक्समा नयाँ वर्ष अफर
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:८:५४
२२ चैत, काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर ल्याएकाे छ।
उक्त अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ। यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१५ सम्म क्यासब्याक पाइने सामसङले जनाएकाे छ ।
सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ। कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदि टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ। साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्ने सामसङले जनाएकाे छ ।
सामसङ फ्रेम टिभीहरु, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति परदान गर्छ। यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिने छ । त्यसैगरी, सामसङको स्मार्ट टिभीले तपाईलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ। एक वर्षको पूर्ण उत्पादन वारेन्टी टिभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्ने सामसङले जनाएकाे छ ।
यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउने छ । साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नुहुन्छ जुन ७०० लिटर क्षमता सम्मको छ। यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ ।
ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मशीन मा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ। साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मसीनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुविधासहित आउने सामसङले जनाएकाे छ ।
यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ। सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ। जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधि 'भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर – भीडीई' ले पनि डिजिटल कम्प्रेसर 'फ्रिज' लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ। यो प्रमाणीकरण आईएसओ १५५०२ सट्यान्डर्ड प्रयोग गरी संचालन गरिएको इन्टरनल टेष्टिङपछि दिइएको थियो।
सामसङले आफ्ना कन्जुमरहरुको लागि चुनिएको वस्तुहरूमा फ्रि– इन्स्टलेसन पनि उपलब्ध गराउने सामसङले जनाएकाे छ । यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार