भुटानी शरणार्थी प्रकरणको विवरण सार्वजनिक नगर्न प्रहरीलाई दवाव
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १३:२२:५६
२४ चैत, काठमाडौं । सर्वसाधारण नेपालीलाई भुटानी शरणार्थी प्रकरणको विवरण सार्वजनिक नगर्न प्रहरीलाई दवाव बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाएर बिचल्ली पार्ने गिरोहका राजनीतिक दलका नेताहरुको संलग्नता देखिएपछि यो प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीलाई प्राप्त विवरण सार्वजनिक नगर्न उच्च राजनीतिक दवाव परेको छ । प्रहरीको अनुसन्धानमा दलका नेता र पूर्वमन्त्रीहरू परिवार सदस्य, स्वकीय सचिव र सल्लाहकारहरूको मुख्य भूमिका रहेको तथ्य बाहिरिएपछि प्रहरीलाई यसको विवरण सार्वजनिक नगर्न दवाव परेको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले नेपाल बहसलाई दिएको जानकारी अनुसार ठगी प्रकरणमा प्रमुख राजनीतिक दलका उच्च नेताहरुको सम्लग्नताबारे नेताहरुको नाम, घटनामा सम्लग्न रहेका उनीहरुका पूर्व स्वकीय सचिव र सल्लाहकारहरूको संलग्नता प्राप्त विवरण सार्वजनिक गर्ने तयारीमा प्रहरी छ । तर, घटनामा नेता र उनीहरुको सम्लग्नतालाई चोख्याउने काममा उच्च राजनीतिक शक्ति लागेको छ ।
प्रहरीका ति अधिकारीले यस प्रकरणमा अरु दलका नेताहरुको पनि सम्लग्नता पुष्टि हुने लक्षण देखिएको बताए । यस ठगी प्रकरणमा केन्द्रका मात्र नभएर विभिन्न दलका जिल्ला स्तरका नेता र स्वयम केहि प्रहरी अधिकारको भूमिका पनि संकास्पद देखिएको बताए । यसमा स्थानीय तहका पदाधिकारी पनि मुछिएका छन् । प्रहरीले अहिलेसम्म समातिएका र यसको पृष्ठभूमि तयार बनाउन पर्दा पछाडीबाट संरक्षण दिनेहरुको पनि जानकारी दिन लागिएको थियो । तर , यसमा दवाव आएको छ ।
प्रहरीले अहिलेसम्म भेटिएका प्रमाण र संलग्न व्यक्तिबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि रोकिएको स्रोतको भनाइ छ । गिरोहले अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाएर ठगी गरेको काण्डमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलाल, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहका इन्द्रजित राई, उनका छोरा निरज राई र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सम्लग्न रहेको प्रहरीले प्रमाण फेला पारको छ ।
थापा र रायमाझी पूर्व माओवादीका नेता भएपनि नेकपा गठन भएपछि उनीहरु एमालेमा नै बसेका थिए । उनीहरु मन्त्री भएका बेला यस्तो ठगी प्रकरणमा अप्रत्यक्ष सहयोग पुर्याएको प्रहरीको भनाइ छ । दुलाल कांग्रेस नेता सुजाता कोइराला २०६६ सालमा परराष्ट्रमन्त्री भएका बेला उनको निजी स्वकीय सचिवका रुपमा थिए । प्रहरीले उनलाई मुख्य नाइके भनेको छ । प्रहरीले गिरोहका सदस्य रहेका रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि सार्वजनिक गर्ने तयारी गरेको थियो ।
प्रहरीका अनुसार धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र पारिएका छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो । त्यो कायदल बनेपछि यो गिरोह थप सक्रिय भएको प्रहरीको भनाइ छ । उच्च तहका नेताको सम्लग्नता रहेको कुरा ललितपुरको बालकुमारीबाट गिरोहका सदस्य सागर राई पक्राउ परेपछि खुलेको हो ।
प्रहरीले तत्कालीन गृह सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन अझै सार्वजनिक नभएकाले यसमा अन्य राजनीतिक दल र कर्मचारीको पनि सम्लग्नता हुनसक्ने आशंका गरेको छ । अहिलेसम्म प्रहरीले पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सम्लग्न रहेको कागजात फेला पारको छ । पक्राउ परेका दुलाल, भण्डारी, थुलुङ र गुरुङलाई सार्वजनिक गर्ने तयारीमा प्रहरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार