नयाँ डीआईजीलाई घुमुवा प्रहरीको चुनौति, सक्लान् त दवाव थेग्न ?
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार १६:७:४६
२५ चैत्र, बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा भर्खर सरुवा भएर आएका डीआईजी उमेशराज जोशीलाई यहाँका पुराना घुमुवा प्रहरीको रजगज चुनौतीको चाङका रुपमा देखा परेको छ । इमानदार र व्यावसायिक छवि बनाएका डीआईजी जोशीको सरुवा नेपालकै तस्करी हुने मुख्य प्रदेशका रुपमा परिचित लुम्बिनीका सीमावर्ती जिल्लाहरूमा हुने ठूलो तस्करी रोक्ने चुनौती पहाडका रुपमा देखा परेको छ भने तस्करीको नेक्सस उच्च राजनीतिक तहसम्म फैलिएकाले पनि समस्या देखा परेको छ । अझै हेर्दा प्रहरीकै सामान्य जुनियर कर्मचारी तर पहुँच र काम भने उच्च तहसम्म जोडिएका पुराना घुमुवा प्रहरीको जालो तोडने चुनौती पनि छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा विगत १५ वर्षदेखि एकछत्र घुमुवाको रुपमा प्रहरी सहायक निरीक्षक (असई) श्यामसिंह चौधरीको रजगज चलिरहेको छ । कपिलवस्तु कै स्थानीय बासिन्दासमेत रहेका असई चौधरीको दरबन्दी भने रुपन्देहीको खैरेनी इप्रकामा रहेको छ भने उनको टीममा रहेका जवान नरेश कुर्मीको दरबन्दी पश्चिम नवलपरासी रहेको छ । उनको कमाण्डमा प्रहरी हबल्दार दीपेन्द्र यादव र प्रहरी जवान नरेश कुर्मीसहितको ५ जनाको टोली घुमुवाको रुपमा परिचालित छन् । अवकाशमा जान लागेका जिल्ला एसपी प्रेम वस्नेतको नाममा तस्करहरुबाट हप्तावारी र महिनावारी पैसा असुल्नु तथा जिल्लाका विभिन्न ठाँउबाट तस्करी लाइन दिएर कुस्त कमाउनु यिनीहरुको पुरानो धन्दा रहेको समाचार स्रोतको दावी छ ।
यस्तै कपिलवस्तुको मुख्य तस्करी हुने नाका कृष्णनगर ईलाका प्रहरी कार्यालयमा बिगत १० वर्षदेखि असई मुकेश यादव कार्यरत छन् । उनको दरबन्दी पनि नवलपरासी रहेको छ । सधैं हाकिमको नजिक रहेर सिभिलमा काम गर्ने यादवको उठतीपुठती निकै रहेको बताइन्छ । लुम्बिनी प्रदेशमा जोसुकै डीआईजी आवोस् वा जिल्लामा जोसुकै एसपी र कृष्णनगरमा इन्सपेक्टर यही घुमुवा ग्याङको जालोमा हाकिमहरु नतमस्तक हुने गरेको बताइन्छ । डीआईजी नलप्रसादले लखेटन खोज्दा त्यतिबेला आईजीपी सचिवालयमा कार्यरत एसएसपी दान बहादुर कार्कीले कुमीको सरुवा रोकेको दावी गरिन्छ । कार्की कपिलवस्तुको एसपी भएर बस्दा यिनै कुर्मीको सहयोगले कुस्त कमाएर गएको चर्चा प्रहरीहरूबीच हुने गरेको छ । उसैको खास विश्वास पात्र र घुमुवा हो श्याम कुर्मी चौधरी ।
त्यस्तै रुपन्देहीमा भरत बिकको नयाँ घुमुवाका रुपमा प्रहरी सहायक हवल्दार अनिल रायमाझी र सन्तोष कुँवर खटिएका छन् । यसअघिका एसपी रविन्द्र रेग्मीले राखेका हबल्दार डुक बहादुर खडकालाई मुर्गिया इप्रकामा लखेटिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीमा बिगत ६ बर्षदेखि निरन्तर घुमुवा बसेका छन् प्रहरी सहायक हबल्दार अदया कुमार कोईरी । उनको लखनौं लुटको कहानी गज्जबकाे रहेको छ भने अहिले त्यस नाकाबाट व्यापक तस्करी भईरहेको छ । उनलाई कसैले हल्लाउन नसक्ने साँढेको उपमा दिइने गरिएको छ ।
त्यस्तै बिगत १० बर्ष भन्दा बढीदेखि कृष्णनगर नाकामा सहायक हवल्दार मुकेश यादव घुमुवा छन् । जो आएपनि उनीहरु कै राज चल्ने गरेको छ । यहाँ पनि व्यापक तस्करी मौलाएको छ । लागु औषधको तस्करी व्यापक छ । यिनीहरु बिरुद्ध प्रदेश प्रहरी कार्यालय लुम्बिनी र आईजीपी सचिवालयको उजुरी छानविनमा दर्जनौं बेनामे उजुरी दर्ता छन् तर कहिल्यै कारवाही हुँदैन । अरु प्रहरीलाई नयाँ हाकिम आउँदा ढिम्कीन पनि नदिने उल्टै भए–नभएका काल्पनिक कुरा लगाएर लखेटी हाल्ने र काल्पनिक समाचार लेखाउने धन्दा पनि यिनीहरुको बर्षौदेखि चालु छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार