वैशाख १ गतेबाट ‘प्रेमगन्ज’ रिलिज हुने
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार १६:३९:४७
२५ चैत, काठमाडौं । हल रिलिजको समयमा दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको ‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने भएको छ । सिनेमाघर एपमा सार्वजनिक हुन लागेको फिल्मले आउँदो नयाँ वर्ष अथात् वैशाख १ गतेबाट ओटीटी यात्रा सुरु गर्नेछ ।
पूर्वसन्ध्यामा खेलौना बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी फिल्म सार्वजनिक गर्न लागेको जानकारी गराएको हो ।परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले हेर्न जति दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । समीक्षकले पनि फिल्मको निर्देशन तथा कलाकारको अभिनयको उच्च तािरफ गरेका थिए ।
प्रेमकथा श्रेणीको फिल्ममा तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ । दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।
चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
काफल टिप्दै गरेका महिला
बैशाख ३०, २०८१ आइतबार
लभ्लिहिलबाट देखिएको बेनी बजार
बैशाख ३०, २०८१ आइतबार
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
छलफलमा त प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हेरौँ नतिजा कस्तो आउँछः कांग्रेस
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार