गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउदै समिट होटलका मालिक, सडक चर्किएपछि स्थानीयको बिचल्ली
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार १६:४०:१०
२५ चैत, काठमाडौं । ललितपुरको कुपण्डोल हाइटस्थित समिट होटल तथा अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएन थालेपछि त्यहाँ बसोवास गर्ने स्थानीयहरु मारमा परेका छन् । गए राति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका थिए । समिटका लगानीकर्ताहरूले यो ठाउँमा पाँच तारे होटल बनाउन थालेका हुन् ।
नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ । उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन । सो निर्माणाधीन अपार्टमेन्ट वरपरका एक दर्जन घरका तला जति भासिएका छन् ।
डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको पीडित स्थानीयले बताएका छन् ।अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अरू कुनै पनि निकायबाट अनुमति नलिएको स्थानीयको जिकिर छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न पीडित स्थानीयले माग गरेका छन् ।
शुक्रबार साझ अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय व्यक्ति घाइते समेत भएका छन् । सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावमा छन् । उनीहरूले आफूहरूको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले पीडाको सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दबाब दिएपछि अहिले सो अपार्टमेन्टको निर्माणकार्य रोकिएको छ ।
समिटका मुख्य लगानीकर्तामध्येको एक हुन् एनई ग्रुपका निर्देशक रवीन्द्रभक्त श्रेष्ठ । अहिले १६ रोपनी क्षेत्रफलमा फैलिएको समिटको ठाउँमा पाँचतारे होटलसँगै सर्भिस अपार्टमेन्ट र ’ब्रान्डेड रेजिडेन्सी’ पनि बन्ने भएको छ । होटल र अपार्टमेन्टको भाग छुट्टै भए पनि सबै कोठाको व्यवस्थापन भने होटलले नै सम्हाल्ने बताइएको छ । यो परियोजनामा होटलका एक सय २९ वटा कोठा र ४८ वटा अपार्टमेन्ट हुनेछन् । अपार्टमेन्ट विश्वस्तरीय सञ्जाल भएको व्यवस्थापन वा चेनबाट सञ्चालन हुने बताइएको छ । यो कुल परियोजनाको लागत अहिलेसम्म निश्चित अनुमान भने गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार