मलेसियामा मेनपावर व्यवसायी राईको मृत्यु प्रकरणको छानबिन गर्न प्रधानमन्त्रीलाई पत्र
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १४:५८:४७
२७ चैत, काठमाडौं । मलेसियामा भएको मेनपावर व्यवसायी रेञ्जी राईको ज्यान गएकाे घटनाबारे छानबिन गर्न माग गर्दैै राईकी श्रीमती ईन्द्रसुब्बा राईले प्रधानमन्त्री प्रचण्डलाई पत्र बुझाएकी छन् ।
शान्तिनगरमा रहेको मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय राईको यही चैत् २४ गते मलेसियामा मृत्यु भएको थियो । उनी ७ दिन अगाडि मात्र मलेसया पुगेका थिए । उनको शव मलेसियाको निलाईस्थित स्टार डोमेन रिसर्चस् कम्पनीको लामान युनिभसिर्टीको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृत्यु आत्महत्याबाट भएको बताएपछि श्रीमतीले घटनाको छानबिन गर्न माग गरेकी हुन् । उनले मृत्यु हत्याबाट भएको दाबी गरेकी छन् ।
झण्डै २ दुई महिना पहिले सिनामंगलस्थित निमा तामाङको रोज ह्युमन रिसोर्स र राईको मेनपावर कम्पनीले मलेसियाको स्टार डोमेन रिसोर्सस् कम्पनीमा ६४ जना कामदार पठाएका थिए ।
ती कामदारहरूलाई उक्त कम्पनीले काममा नलगाउने र पारिश्रमिक समेत नदिएको भन्दै कामदारहरूले बारम्बार गुनासो आएपछि बुझ्न उनी मलेसिया पुगेको बताइन्छ । त्यहाँ एजेन्ट शंकरप्रसाद आचार्य, महेन्द्रजंग शाही र मलेसियाको स्थानीय एजेन्ट स्वन लीसँग चर्काचर्की परेको र त्यसपछि श्रीमान्को मृत्यु भएको घटना बाहिर आएको दाबी छ ।
श्रीमानको उक्त शौचालयको तस्बिर र भिडियो हेर्दा आत्महत्या नभई कुनै आपराधिक गिरोहले हत्या गरी शौचालयमा झुण्ड्याइदिएको र अपराध छल्न आत्महत्याको नाटक रचेको उनको दाबी छ । एजेन्टहरुलाई अनुसन्धानको दायरामा ल्याउन उनले माग गरेकी छन् ।
निवेदन परेपछि परराष्ट्र मन्त्रालयलाई छानबिन गर्न पत्राचार गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार