निजी क्षेत्रको साझेदारी विना राजश्व र आर्थिक वृद्धि असम्भवः अर्थमन्त्री महत
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १७:३:५६
२७ चैत, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकार र निजी क्षेत्र साझेदारी विना अर्थतन्त्रमा सुधार ल्याउन असम्भव रहेको बताएका छन् । उनले निजी क्षेत्रको व्यवसायमा चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धिमा पनि लक्ष्य हारिल गर्न नसकिने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरणसभामा बोल्दै अर्थमन्त्री महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको हातमा रहेको बताए । निजी क्षेत्र चलायमानले नै आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव हुने बताए ।
मन्त्री महतले आर्थिक गतिविधिलाई चलायमान बनाउन राज्यको लगानीले मात्रै नपुग्ने र यसमा बाहृय र स्थानीय लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडि बढाउन सकिने बताए । सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढंगमा खर्च गर्ने प्रमुख प्राथमिकता राखेको र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले परिचालन गर्ने सरकारको लक्ष्य रहेको बताए ।
आयोजनामा काम समयमा नै नहुने, आयोजनाको लागत बढ्ने, काम अगाडि नबढ्दा आयोजनाको मूल्य धेरै र समय पनि धेरै लाग्ने भएको भएको भन्दै उनले सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्चलाई प्रभावकारी बनाउन जेजे उपाय अपनाउन ति सबै गरेर अर्थतन्त्रमा राज्यको तर्फबाट पुँजी बाहिर ल्याउने प्रयास भईरहेको बताए ।
राज्यको लगानी र बाहृय तथा स्थानीय लगानीलाई संरक्षण नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने उनको भनाइ छ। महतले भने, ’निजी क्षेत्र हाम्रो साझेदार हो । राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडि बढाउन सक्छौं । सरकारले सामाजिक र पूर्वाधारको विकास मुख्य रुपमा केन्द्रित हुने हो । आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा छ । निजी क्षेत्रको समस्या भनेको सरकारको समस्या हो । निजी क्षेत्र चलायमान नभएमा आर्थिक वृद्धि, राजश्व वृद्धि सम्भव छैन ।’
उनले सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने बताए । अर्थमन्त्रीको तर्फबाट आफूले कुनैपनि कसर बाँकी नराख्ने बताए । पछिल्लो समय मुलुकभित्र लगानीको वातावरणमा नकारात्मक परिवेश सिर्जना भएको र यो चिन्ताको विषय भएको उनले बताए । साना ठूला लगानीकर्ताले गरेको लगानीमा समस्या आएको उनको भनाइ छ ।
पछिल्लो समय बैंकको ब्याजदर बढेको छ,’उनले भने, ’पहिला ऋण लिएकाको ब्याजदरमाथि जाँदा रेट अफ रिटर्नमा समस्या । ऋण फिर्ता गर्न समस्या आएको छ । यो विषय सरकारले सम्बोधन गर्नुपर्ने विषय रहेको छ । यस विषयमा राष्ट्र बैंकसँग कुरा गरेका छौं । राजश्वको स्थिति नकारात्मक छ । चाहेजस्तो उठेको छैन । लक्ष्यभन्दा कम छ । भन्सारमा गत वर्ष भन्दा २८ प्रतिशतले कम भएको छ । आन्तरिक करमा पनि समस्या देखिएको छ । राजश्वको स्थिति चिन्ताजनक छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार