अब निर्जीवनतर्फ ५० लाख र जीवनतर्फ पाँच लाखसम्मको बीमा गर्न सकिने
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १८:१७:१८
२७ चैत, काठमाडौं । निर्जीवनतर्फ रु ५० लाख र जीवनतर्फ रु पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ ।बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशन अनुसार लघु जीवन बीमाअन्तर्गत आवधिक लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा रहेका छन् ।
त्यस्तै, निर्जीवन बीमातर्फ घर, सम्पत्ति तथा व्यवसाय, सवारी, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति र अन्य लघु निर्जीवन बीमा गर्न पाइनेछ ।प्राधिकरणले लघु बीमाका लागि बीमालेखको अवधि पनि तोकेको छ । जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको मात्रै बीमालेख जारी गर्न पाइनेछ । निर्जीवन लघु बीमाको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र बीमालेख जारी गर्न सकिनेछ ।
निर्देशनमार्फत लघु बीमाको सीमा पनि तोकिएको छ । घर, सम्पत्ति तथा व्यवसाय र सवारी साधनको रु ५० लाखसम्मको लघु बीमा गर्न सकिनेछ ।दायित्व तथा मौद्रिक क्षतिको र अन्य लघु बीमाका लागि अधिकतम रु पाँच लाखसम्मको लघु बीमा गर्न पाइनेछ । त्यस्तै, जीवन बीमा कम्पनीले अधिकतम रु पाँच लाखसम्मको बीमाङ्क भएको लघु बीमा मात्रै जारी गर्न पाउनेछन् ।
लघु बीमा कम्पनीहरूले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति शृङ्खलामा आबद्ध सङ्घसंस्थासँग सहकार्य गरी लघु बीमा जारी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा राखिएको छ । लघु बीमा व्यवसायको विकास, प्रवरद्धन तथा व्यवस्थापनमार्फत न्यून आय भएका व्यक्ति तथा सम्पत्तिको सुरक्षाका लागि प्राधिकरणले यो निर्देशन कार्यान्वनयमा ल्याएको हो । गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तकृत समूहका लागि लक्षित गरी प्राधिकरणले लघु बीमासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार