चलचित्र ‘प्रसाद २’ को रिलिज रोक्न माग गरिएको रिट खारेज [आदेशसहित]
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १८:१९:५
२७ चैत, काठमाडौं । फिल्म ‘प्रसाद २’ को रिलिज रोक्न अन्तरिम आदेशको मागसहित दायर रिट निवेदनलाई उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।
चलचित्रको रिलिज रोक्न केशव पाण्डेले दायर गरेको रिटमाथि न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले सोमबार सुनुवाइ गर्दै रिटमा माग भएबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको हो ।
‘रिटबाट चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु पर्ने अवस्था दे्खिएन’ उच्च अदालतको आदेशमा उल्लेख छ । साथै उच्चले यसअघि रिलिज रोक्न दिएको अल्पकालीन समेत आजको इजसाले खारेज गरिदिएको छ ।
‘प्रसाद २’ को प्रदर्शन २४ चैतमा हुने तय भएको थियो । तर पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ बाँकी हुँदा प्रदर्शन हुन सकेको थिएन । रिट खारेजसँगै अब रिलिजको बाटो खुलेको छ ।
चलचित्र निर्माणका बेला लागेको खर्च नदिएको भन्दै रिलिज रोक्न पाण्डेले रिट दायर गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार