‘डन’ चक्रे मिलनको सुरक्षामा एके ४७, प्रहरी अझै अनुसन्धानमा व्यस्त [ भिडियो सहित ]
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार २१:५९:५२
२७ चैत, काठमाडौं । लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेका डन चक्रे मिलनको सुरक्षामा खटिएका एक व्यक्ति एके ४७ अध्याधुनिक हतियार बोकेका छन् । नयाँ आईजीपी आएपछि उनको पदलाई नै चुनौति दिने गरी गुण्डा नाइकेका डन मिलनको सुरक्षामा खटिएका ती व्यक्तिले एक ४७ बोकेका हुन् । लामो समय गुमनाम रहेका गुण्डा नाइके चक्रे मिलनले वर्तमान शान्ति सुरक्षालाई नै चुनौति दिदै अत्याधुनिक हतियार प्रर्दशन गरेपछि शान्ति सुरक्षालाई चुनौति दिएको सुरक्षा सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
बाँकेको नेपालगन्जमा उनको सुरक्षामा खटिएका एक व्यक्तिले एके ४७ रिभल्वर बोकेको देखिएपछि शान्ति सुरक्षा र प्रहरी प्रशासनलाई चुनौति दिएको पुष्टि भएको छ । नेपालगन्जको सिद्धार्थ होटलबाट बाहिरिदै गर्दा उनले नेपाली युवाहरुको मार्चपास गराउनुका साथै आफ्नो सुरक्षामा एक ४७ जस्तो घातक हतियारको प्रर्दशन गराएका थिए । प्रहरीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएको छैन । बाँकेका एसपी सन्तोषसिंह राठौरले अत्याधुनिक हतियार सहित सुरक्षा गार्ड लिएर हिडेका चक्रे मिलनलाई पक्राउ गर्न सकेका छैनन । उनले यो विषउमा आफूलाई जानकारी नभएको बताएका छन् । बाँके उनको कार्यक्षेत्र हो । उनी त्यही जिल्लाको प्रहरी प्रमुख हुन् ।
राजधानीको चक्रपथ र ठमेल क्षेत्रमा गुण्डागर्दीको राज चलाउँदै आएका चक्रेको अहिले अत्याधुनिक हतियार एके ४७ को सुरक्षामा नेपालगञ्जमा देखिएका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर पनि प्रहरी मौन जस्तै बसेको छ । उक्त भिडियोमा चक्रेको पछि पछि हिडेका एक व्यक्तिको साथमा एके४७ हतियार देखिएको छ । ज्ञानेन्द्रवली ५७ नाम राखेर टिकटकबाट सार्वजनिक गरिएको उक्त भिडियोमा नेपालगञ्जको सिदार्थ होटलबाट बाहिरिँदै गरेका चक्रे मिलनसँगै रहेका एक युवकले बन्दुक बोकेको देखिएको छ ।
नेपालगञ्जकै ज्ञानु वली र विमल केसीको निमन्त्रणमा नेपालगञ्ज पुगेका चक्रेको साथमा हतियार बोक्ने युवा गणेश बोगटी भएको स्रोतको दावी छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले सो विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताएका छन् । ‘प्रहरीले बाँकेका एसपीलाई निर्देशन दिइसकेको छ, उनलाई अवैध हतियार बोकेर हिड्ने छुट छैन कानुन बमोजिम कारवाही हुनेछ’, डिआइजी पोखरेलले भने ।
गुण्डा नाइकेहरु घैंटे भनिने कुमार श्रेष्ठ र दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिएपछि गुण्डागर्दी शुन्यमा झरेको भएपनि अहिले चक्रे मिलनले सो हतियार प्रर्दशन गरेपछि भने गुण्डाहरु सल्बलाउन थालेको पुष्टि भएको छ । उनी यतिबेला बाँकेमै रहेका छन् । तर पनि प्रहरीले पक्राउ नगरी चुपचाप बसेको छ । प्रहरी प्रधानकार्यालयले तुरुन्तै पक्राउ गर्न आदेश दिएको छ ।
हेर्नुस भिडियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार