अझै उठेन शितलनिवास र सिंहदरबारको फोहोर
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १३:२८:८
२९ चैत, काठमाडौं । सोमबारदेखि राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री निवास बालुवाटार र मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर अझै उठन सकेको छैन ।
नीतिगत रुपमा उठाउने जिम्मा पाएको काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको हो । उसले केन्द्र सरकारसँग विभिन्न माग राख्दै फोहोर उठाउन बन्द गरेको छ । महानगरका प्रमुख बालेन साहले केन्द्र सरकार, मन्त्रालय र विभिन्न निकायले महानगरको विकास र सफाइ अभियानमा सहयोग नगरेको भन्दै १४ बुँदे माग राखेका छन् । सो माग सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नाराष्णकाजी श्रेष्ठलाई बालुवाटारमा भेट गरी मागबारे अवगत गराएका थिए ।
त्यसपछि पनि मागप्रति सरकार पूर्ण बेवास्ता रहेको भन्दै बुधबार पनि फोहोर उठाएका छैनन् । महानगरबाट फोहोर उठाउने ठेक्का पाएको परिवर्तन नेपाल प्रा.लि.का संचालक मित्र घिमिरेले महानगर प्रमुख साहकै निर्देशनमा फोहोर नउठाएको प्रतिक्रिया दिएका छन् ।
ती क्षेत्रमा फोहोर कार्यालयबाट उठाएर बाहिर ल्याएर सडक छेउमा राखिएको छ । त्यहाँबाट नउठ्दा दुर्गन्ध फैसिएको छ । सरकारको मन्त्रिपरिषदले मंगलबार मात्र बैठकबाटै निर्णय गरेर फोहोर उठाउन विषयमा साहलाई जिम्मेवारीबोध गरेर काम गराउन सचेत गराएको थियो ।
तैपनि साह टसमस भएका छैनन् । उनले महानगरभित्र फुटपाथ छेकिने गरी सुरक्षाकर्मीहरुको बिट कायमै राखिएको, वाग्मती किनारका अवैध सुकुम्वासी बस्ती हटाउन सरकारले बेवास्ता गरेको, फोहोर व्यवस्थापनमा शहरी विकास मन्त्रालयले गरेको सम्झौतालाई पालाना नगरेका जस्ता गुनासो गरेका छन् ।
फोहोर उठाउने र महानगरको मागबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले तत्काल पहल गर्नुपर्ने माग सांसदहरुले गर्दै आएका छन् । मागबारे सरकार गम्भीर नभएसम्म फाेहाेर नउठाउने उनकाे अडान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा
पुष १९, २०८१ शुक्रबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार