चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १२:४०:३
३० चैत, काठमाडों । नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक भएको छ। बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो।
सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन्। चलचित्रको दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरमा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ। प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । यो चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। साहित्यकार स्व। ईश्वर मानन्धरले लेखेको कथा ुकैदीको पत्रुमा आधारित रही यो चलचित्र बनाइएको हो।
यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।
सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको चलचित्रमा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ। चलचित्रको मार्केटिंग श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलघुचलचित्र ‘भाउ’, अमुल्य जीवनको मूल्यमाथि प्रश्न
बैशाख २४, २०८१ सोमबार
प्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार