बुखैरेनीतर्फ सात किमि सडक कालोपत्र गर्ने तयारी
नेपालबहस संवाददाता
बैशाख २, २०८० शनिबार ८:२२:५२
२ वैशाख, दमौली । मुग्लिन पेखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना 'पूर्वी खण्ड' ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो ।
सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भने, “सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ ।”
विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिए । सुवेदीले भने, “ जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ ।” उनका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ । “कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भने ।
आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताए । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक 'एडीबी'को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको योजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा
बैशाख २८, २०८१ शुक्रबार
बागलुङ बेनी खण्ड आगामी जेठ ४ गतेसम्मका लागि बन्द
बैशाख २८, २०८१ शुक्रबार
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार
सहकारी प्रकरण: रविविरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
निर्वाचनलाई लक्षित गरेर जमुनाहा नाका तीन दिनका लागि बन्द
बैशाख २९, २०८१ शनिबार
गीता मन्दिरको प्राङगणमा अनाधिकृत कब्जा गरि बनाइएका सटरहरुमाथि चल्यो महानगरको डोजर
बैशाख २९, २०८१ शनिबार
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
बैशाख २९, २०८१ शनिबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार