मुख खोल्छु भन्दै धम्की दिने श्रेष्ठलाई थमथम्याउँदै लामिछाने
नेपालबहस संवाददाता
बैशाख २, २०८० शनिबार १६:५:२८
२ बैशाख, चितवन । मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएपछि कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले पैसा माग्ने कोर टीम सार्वजनिक गर्ने धम्की दिएपछि उनलाई फकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रयास थालेका छन् । सभापति लामिछानेले अहिले पार्टीको विवाद सार्वजनिक नगर्न सार्वजनिक रुपमै आग्रह गरेका छन् ।
रास्वपाले कारबाही गर्दै संसदलाई पत्र पठाए पनि श्रेष्ठकाे सांसद पद भने यथावतै छ । उनलाई सांसदबाट हटाउन कानुनी समस्या पनि देखिएको छ । प्रतिनिधिसभाको नयाँ नियमावलीले पनि अभियोग पुष्टि नभएसम्म पद निलम्बन नहुने व्यवस्था गरेको छ । रास्वपाले श्रेष्ठलाई कारबाही गरी उनको ठाउँमा अर्को व्यक्तिलाई मनोनीत गरिसकेको बताएको छ । तर, श्रेष्ठको सांसद पद निलम्बन भएको सूचना संसद सचिवालयले निकालेको छैन ।
श्रेष्ठले आफूलाई कारबाही गर्ने सभापति लामिछानेसहितको मन्त्री बन्न पैसा माग्ने कोर टीमलाई सार्वजनिक गर्ने, आफूमाथि कारबाही फिर्ताका लागि अदालत जाने बताइरहेका छन् । निर्वाचनको सम्मुखमा आएर श्रेष्ठले पोल खोल्ने संभावना देखेपछि रवि लामिछाने यो निर्वाचनको समयसम्म उनलाई थमथम्याउने प्रयासमा छन् । यसै अनुरूप उनले श्रेष्ठलाई कुनै मुद्दा मामिलामा नजान आग्रह गरिरहेका छन् ।
शनिबार पनि सभापति रवि लामिछानेले सांसद श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ढाकाकुमार श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् । उनले पार्टीलाई सघाउन पनि आग्रह गरेका छन् । ’जो साथी बाहिरिनु भयो, हाम्रा लागि पूर्वसांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईँले हामीलाई सघाउनु होला । यो गर्छु, त्यो गर्छु, मुद्दा हालिदिन्छु, त्या गर्छु, यसो गर्दिन्छु नभन्नुहोला,’ उनले भने, ’यो यात्रामा कहीँ न कहीँ तपाईँको पनि योगदान चाहिएको छ ।’
आफूलाई पार्टीले गरेको कारबाही स्वीकारेर छेउ लाग्न लामिछानेको आग्रह छ । ’आफूले योगदान दिएको यात्रामा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईँले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईँलाई संसदमा स्वागत गरौँला । यो यात्रा बिथोल्ने काम नगर्नुस् ।’ सांसद श्रेष्ठले भने आफूलाई कारबाही गरिएको कदमविरुद्ध अदालत जाने तयारीमा रहेका छन् । यस्तो तयारीका बेलामा सभापति लामिछानेले अन्य कदम नचाल्न आग्रह गरेका हुन् ।
लामिछानेले घुसको अडियो सार्वजनिक भएको ७२ घण्टामा नै कारबाही गरेको चुनावी सभामा अभिव्यक्ति दिएका थिए । पार्टीले हटाएको कदमविरुद्ध नलाग्न लामिछानेले आग्रह गरेका हुन् । ’किनकी यो यात्रा एउटा मान्छेको यात्रा होइन । लाखौं लाख नेपालीले विश्वास गरेको भरोसा गरेको यात्रा हो । त्यो भरोसा गरेको यात्रालाई कुठाराघात गर्ने छुट कसैलाई पनि छैन । न मलाई न उसलाई,’ रविले भनेका छन् ।
श्रेष्ठले आफू मन्त्री बन्न लागेको तर त्यसका लागि पार्टीको कोर टिमलाई बुझाउन साढे २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग फोन संवाद गरेका थिए । गत माघ १ मा भएको उक्त फोन संवाद गत चैत २६ मा सार्वजनिक भएको थियो । त्यसपछि पार्टीले उनलाई साधारण सदस्यबाट निष्कासन गरेको थियो । त्यस कदम विरुद्ध उनी अदालत जाने तयारीमा रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार