रविले जिते चितवन- २ मा फेरि उपचुनाव हुन्छ: भट्टराई
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार ११:५०:२२
३ वैशाख, चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ बाट रवि लामिछाने पुनः निर्वाचित भए यो क्षेत्रमा फेरी उपनिर्वाचन हुने बताएका छन् । उनले रवि लामिछानेको नाम उल्लेख नगरी यो क्षेत्रको चुनावी परिणाम गत मंसिरको जस्तो आए फेरि उपचुनाव हुनसक्ने बताएका छन् । चुनाव प्रचारका लागि चितवन आएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मतदातालाई फेरी उपनिर्वाचन नहुने गरी मतदान गर्न आग्रह गरे ।
गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका रास्वपा सभापति रवि लामिछाने नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् । भट्टराइले रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।
भट्टराइले भने, ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन । मतदाताको केही दोष छैन । दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’ उनले रवि लामिछाने माथि फेरी दुद्दा पर्ने र पहिलेकै अवस्था आउने संकेत गरे ।
उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले तीन दलको भिण्डन्त छ । भट्टराईले लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको बताए । यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने भन्दै मतदातालाई विचार गरेर मत दिन आग्रह गरे ।
भट्टराइले केही नराम्रो काम गरे पनि देशका लागि पुराना दलहरुको अस्तित्व कायम रहेको बताए । मतदाताहरु हावामा हैन बास्तविकतामा रहेर मतदानमा सहभागि हुनुपर्ने बताए । चितवनको योक्षेत्रलाई सधै अस्थिर बनाउने कि नबनाउने भन्ने हात यही क्षेत्रका मतदातको रहेकाले फेरी उपनिर्वाचन नहुने गरी मतदान गर्नुपर्ने बताए । उनले मतदाताले विचार नपुर्याए त्यसको असर यस क्षेत्रका विकासमा पनि पर्ने भट्टराईको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री
बैशाख २३, २०८१ आइतबार
काठमाडौं आइपुगिन जापानी विदेशमन्त्री खामिखावा, आजै परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने
बैशाख २३, २०८१ आइतबार
एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री
बैशाख २३, २०८१ आइतबार
ठेकी प्रयोगविहीन हुन थालेपछि जीविकोपार्जनमा समस्या
बैशाख २३, २०८१ आइतबार
कैलालीका थारु समुदायमा भजहरको रौनक
बैशाख २३, २०८१ आइतबार
रायोको साग बेचेर वार्षिक लाख आम्दानी
बैशाख २३, २०८१ आइतबार
खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
बैशाख २३, २०८१ आइतबार