बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार ८:२४:१६
४ वैशाख,काठाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने कार्यक्रम तय भएको छ । एमाले अध्यक्ष ओली ज्वरोका कारणबाहिर हिँडडुल गर्न असमर्थ भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न र विषेश गरी प्रतिनिधिसभाका विषयगत समितिहरुको सभापतिको विषय टुंग्याउन दुई नेता बालकोट जाने भएका हुने ।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सोमबार बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ । एक साता देखि ज्वरोका कारण अस्वस्थ भएका भएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू बालकोट जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जनाएको जनाएको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे समेत शीर्ष तहमा छलफल हुने जनाएको छ । प्रतिनिधिसभाका विषयगत समितिहरुमा भने कुन दलले कति संख्या पाउने भन्ने सहमति भइसकेको छ । अब सभापतिबारे मिलाउन बााकी छ ।
गत सोमबार कार्यव्यवस्थाले १० वटा समितिमा सामथ्र्यका आधारमा दलले पाउने संख्या बाँडफाँट गरेको थियो । संसद् सचिवालयका अनुसार संसद्को ठूलो नेपाली दल कांग्रेसले अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्यव्यवस्था र शिक्षा समितिमा ८÷८ जना, कृषि, महिला, पूर्वाधार विकास र लेखा समितिमा ९÷९ जना पाउने भएका छ ।
एमालेले अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषि, महिला, राज्यव्यवस्था, पूर्वाधार र लेखा समितिमा ८÷८ र शिक्षा समितिमा ७ जनाको प्रतिनिधित्व पाएको छ । माओवादी केन्द्रले अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा ३÷३ तथा महिला, राज्यव्यवस्था, पूर्वाधार, शिक्षा र लेखा समितिमा २÷२ सिट पाएको छ । रास्वपाले अन्तर्राष्ट्रियमा १ र बाँकी ९ वटामा २÷२ सिट पाएको छ । राप्रपाले अर्थ, उद्योग, कृषि, महिलामा २÷२ र बाँकी ६ वटामा १÷१ सिट पाएको छ । जसपाले दशवटै समितिमा १÷१ जना प्रतिनिधित्व पाएको छ ।
एकीकृत समाजवादीले पूर्वाधार विकासबाहेक ९ वटा समितिमा १÷१ प्रतिनिधित्व पाएको छ । जनमतले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र लेखा समितिमा १÷१ जना, लोसपाले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षा तथा नागरिक उन्मुक्तिले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा १÷१ सिट पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार