किसानको दूधको रकम पचाउने दाउमा डेरी
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १०:५८:५२
४ वैशाख, काठमाडौं । मिष्ठान्न भण्डारले दूधको रकम नदिएको विरोधमा किसानहरु विरोधमा उत्रिएका छन् । रुपन्देहीको औद्योगिक बजार बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले दिनुपर्ने रकम लामो समयसम्म नदिएपछि उनीहरु धर्ना बसेका हुन् ।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दूध बेचेका दूधको रकम किसानहरुले पाएका छैनन् ।
लामो समयसम्म दूधको पैसा नदिएर पचाउने षडयन्त्र गरेपछि दबाबका लागि किसानहरु आन्दोलनमा उत्र्रिएको सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले बताए ।
कस्तूरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय रुपैयाँ र पाठक दूध डेरीले ११ लाख ६० हजार रुपैयाँ सहकारीलाई तिर्न बाँकी छ ।
निरन्तर ताकेतापछि चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउँदै आएकाले बाध्य भएर अनिश्चितकालीन धर्नामा उत्रिनु परेको अध्यक्ष घिमिरेले बताए ।
रकम चुक्ता नपाएसम्म किसानहरु धर्नाबाट पछि नहट्ने उनले बताए । उनीहरू पसल अगाडि धर्ना बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार