'पुष्पा २' मा किन केटी बने अल्लू ?
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १०:५९:४५
४ वैशाख, मुम्बई । साउथ अभिनेता अल्लू अर्जुनले आफ्नो जन्मदिन अघिमात्र फिल्म ‘पुष्पा २’ को टिजर र पोस्टरले धमाका मच्चाएका थिए ।अल्लूका फ्यानका लागि यो निकै खुशीको कुरा थियो । अल्लूलाई पोस्टरमा फरक रुपमा देखिएपछि सबै चकित परे । साडीसँगै निधारमा ठूलो टिका र गलामा मुण्डको स्थानमा निबूको माला लगाएको अल्लू देख्दा फ्यान दुःखी हुने कुरै थिएन ।
अहिले अल्लूलाई यो लुक्समा किन देखाइयो भन्ने चर्चा र चासो उत्तिकै छ । तिरुपतिको लोकप्रिय लोक अनुष्ठान गंगम्मा तल्ली जतारामा सहभागी हुन जाने पुरुषलाई महिला रुपमा तयार पारिन्छ । यो चाँड मेको आसपास एक हप्ताका लागि मनाइन्छ ।
यो पर्वको अन्तिम दिन पुरुषलाई महिलाको रुपमा तयार पारिन्छ र उनीहरुलाई गंगम्माको रुपमा देखाइन्छ । जो खराब कुरालाई नष्ट गर्नका लागि चिनिन्छन् । निर्देशक सुकुमारले यो पर्वलाई एक ठूलो एक्सन सिक्वेन्स विकसित गर्नका लागि एक पृष्ठभूमिका रुपमा यो पर्वलाई लिएको अनुमान गरिएको छ ।
फिल्म सन् २०२३ को अन्त्य या सन् २०२४ को सुरुवातमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ । फिल्ममाथि अहिले पनि काम चलिरहेको छ । फिल्ममा रश्मिका र फहल फासिलको पनि अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार