गण्डकीका मुख्यमन्त्री पद त्यागको मनस्थितिमा
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार ११:२७:३
४ वैशाख, कास्की । एमालेबाट मुख्यमन्त्री बनेको गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पद त्याग गर्ने मनस्थितिमा पुगेका छन् ।
केन्द्र सरकारमा एमाले बाहिरिएदेखि नै ‘मुड अफ’मा परेका अधिकारी पछिल्लो समयमा नेकपा (माओवादी केन्द्र)ले रकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको पद धरापमा परेको थियो । माओवादी केन्द्रले गत चैत १० मा उनलाई मुख्यमन्त्री नियुक्तका बेला गरेको समर्थन फिर्ता लिइसकेको छ ।
सरकारले वैशाख ९ गतेका लागि संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । प्रदेश प्रमुखले ९ गते ३ बजेका लागि बैठक आह्वान गरेका छन् । उक्त दिनस्म विश्वासको मत नपाए अधिकारीको सरकार ढल्छ । त्यसो भएको खण्डमा उनको हालत पनि सुदूरपश्चिम प्रदेशका एमाले राजेन्द्र सिंह्र रावलकै जस्तो हुनेछ ।
तर अझै विश्वासको मत लिनेगरी संसद् फेस गर्ने कि सो अगावै राजीनामा दिने भन्नेमा मुख्यमन्त्री अधिकारी प्रष्ट भइसकेका नसकेको निकस्थ स्रोत बताउँछन् । हाल अधिकारी आन्तरिक परामर्शमा जुटेको र विश्वासको मत माग्नुको सट्टा संदनमा सम्बोधन गरेर राजीनामा गर्न उचित हुने सुझाव निकटस्थहरुले दिइरहेको बताएका छन् ।
आइतबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकमा अधिकारीलाई सांसद्हरूले स्वविवेक प्रयोग गर्न सुझाएका थिए ।
सुदूरपश्चिम रावललाई पनि तत्कालीन अपस्थामा पार्टीकै सांसहरुले दिएका राजीनामाको सु्झावलाई बेवास्ता गरेर प्रदेशसभा बैठक विश्वासको मत लिन पुग्दा मत पाउन असफल भई पद च्युत भएका थिए । हालका कांग्रेसहितका सत्ता गठबन्धनको बहुमत पर्याप्त भएकाले अधिकारीको पद गुम्ने निश्चित रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार