लमजुङका स्थानीय तहका २२ करोड बेरुजु, यस्तो छ पालिकाका बेरूजु
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ९:७:४५
६ बैशाख, लमजुङ । लमजुङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष २२ करोड ५ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८र ७९ मा लमजुङका ८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको ९ अर्व ६४ करोड १२ लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव २८ प्रतिशत बेरुजु देखिएको हो ।
संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय गरी ६ शीर्षकको बजेटको लेखा परीक्षण गरिएको थियो । प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी राइनास नगरपालिकामा ४ दशमलव ११ प्रतिशत बेरुजु रहेको पाइएको छ । राइनासमा १ अर्ब ३९ करोड ३८ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
सवैभन्दा कम प्रतिशतको आधारमा मरस्याङ्दीमा ० दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ । मरस्याङदी १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
क्व्होलासोंथार गाउँपालिकामा ७१ करोड ७४ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ६ प्रतिशत अर्थात २ करोड १९ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
दोर्दी गाउँपालिकामा १ अर्ब २० करोड २३ लाख ९५ हजार बजेटको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात ४ करोड ९ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
दूधपोखरी गाउँपालिकामा ७८ करोड २ लाख ९९ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ३३ प्रतिशत अर्थात १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार मध्यनेपाल नगरपालिकामा १ अर्ब ४५ करोड ५ लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ०४ प्रतिशत अर्थात २ करोड ९५ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
सुन्दरबजार नगरपालिकामा १ अर्ब ५१ करोड ४१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ८० लाख ५७ हजार रुपैयाँ अर्थात १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको छ । बेंसीसहर नगरपालिकामा १ अर्ब ५४ करोड ३४ लाख ६० हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा १ करोड ६९ लाख ९७ हजार रुपैयाँ अर्थात १ दशमलव १ प्रतिशत बेरुजु देखिएको छ ।
आर्थिक वर्ष २०७७र ७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु दखिएको थियो । कार्यान्वयमा रहेको कूल ७ अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव ९५ प्रतिशत रकम बेरुजु देखिएको थियो । आव २०७६÷०७७ मा लमजुङका ८ वटा स्थानीय तहमा ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ३ दशमलव ३५ प्रतिशत अर्थात २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु निस्किएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार