राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना नेतृत्वको आठ सदस्यीय टोली रुस प्रस्थान [ फोटो फिचर ]
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १२:५१:१८
६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधी मण्डल बुधबार रुस प्रस्थान गरेको छ ।
रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको हो ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको संसदीय टोलीमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहनु भएको छ। भ्रमण टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदुत अलेक्सेइ नोभिकोभ र संघीय संसदका महासचिव डा। भरतराज गौतमले बिदाई गरेका थिए ।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी उपल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् । यस बाहेक रुसी सरकारका पदाधिकारीहरु, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीहरु संग पनि भेटघाट र संवाद गर्नेछन् ।
अध्यक्ष तिमिल्सनाले रुसमा बसोबास गर्ने नेपाली डायस्पोरा संग भेटभाट गर्ने कार्यक्रम छ भने मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका बिद्यार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
रुस प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणले नेपाल र रुसका बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने तथा भ्रमण फलदायी हुने बिश्वास ब्यक्त गरे ।
रुस गएको संसदीय प्रतिनिधी मण्डलमा राष्ट्रिय सभाकासदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र अध्यक्षका स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन्
अध्यक्ष तिमिल्सिना सहितको प्रतिनिधि टोली रुसको भ्रमण पूरा गरि १२ वैशाख बैषाख नेपाल फर्कने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार
राष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार