राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १४:०:२५
वैशाख, काठमाडौं । स्वास्थ्यमा सहमस्या आएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले नेपालबहसलाई दिएको जानकारी अनुसार पौडेललाई एम्स भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको छ । पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । उनको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ ।
उनलाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो । लामो समय एन्टिबायटिक चलाउँदा पनि स्वास्थ्यमा उत्साहजनक सुधार भएको थिएन् । उनको छातीमा संक्रमण देखिएको छ । अस्वस्थ्य भएपछि पौडेललाई सोमबार नियमित फलोअपमा अस्पताल लगिएको थियो ।
उपचारमा संलग्न चिकित्सकले उनको छातीमा जमेको पानी निकालेर परीक्षण गरेका थिए । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको थियो । छातीको एमआरआई र सीटी स्क्यान रिपोर्टमा पनि संक्रमणबाहेक नराम्रो रिपोर्ट नआएको चिकित्सकले बताएा थिए । पछि बढ्दै गएपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो ।
राष्ट्रिपति पौडेसँगै निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको छ । नयाँदिल्ली नपुन्जेलसम्म हवाई यात्राका क्रममा राष्ट्रपति पौडेलको उपचार र निगरानीमा त्रिवि शिक्षण अस्पतल र नर्भिक अस्पतालको चिकित्सकको टोली गएको हो । यो टोली नेपाल फर्कने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार