चैतमा उच्च रहेपनि पोहोर भन्दा १७ प्रतिशतले व्यापार घाटा न्युन
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १८:३:३६
६ वैशाख, काठमाडौं । नेपालले चैत महिनामा चालु आर्थिक वर्ष सबैभन्दा धेरै वस्तु आयात भएपनि गतवर्षको भन्दा १७ प्रतिशतले व्यापार घाट कम देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन २०७९ को तुलनामा चैतमा १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । समग्रमा चालु आर्थिक वर्ष चैत मसान्तसम्म मुलुकको व्यापार घाटा पोहोरको तुलनामा २ खर्ब २३ अर्बले कमी आएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आर्थिक वर्षको साउनदेखि चैतसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर पुगेको थियो । व्यापार घाटा पोहोरको तुलनामा १७ प्रतिशतले कमी भएको हो । पोहोरको तुलनामा आयात नै १८ प्रतिशतले घटेकाले मुलुकको व्यापार घाटामा राहत पुगेको हो ।
गत आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै आयात भएको छ । विदेशी मुद्रा सञ्चिति घट्दा सरकारले केही महिना गाडी, महँगा मोटरसाइकल तथा स्कुटर, स्मार्टफोन, मदिरा लगायत वस्तुको आयातमा प्रतिबन्ध लगाएकाले कुल आयातमा यसको असर देखिएको हो । गत पुसदेखि मात्रै यी वस्तुको आयात खुलाइएको हो ।
त्यस्तै निर्यात पनि २६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन–चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु भारत लगायत अन्य मुलुकमा निर्यात भएको थियो भने यो वर्षको त्यहीं अवधिमा १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ ।
तथ्यांक अनुसार यस वर्षको साउनमा १ खर्ब ३१ अर्ब, भदौमा १ खर्ब ४२ अर्ब, असोजमा १ खर्ब २७ अर्ब, कात्तिकमा १ खर्ब ३२ अर्ब, मंसिरमा १ खर्ब ३१ अर्ब, पुसमा १ खर्ब २९ अर्ब, माघमा १ खर्ब २६ अर्ब, फागुनमा १ खर्ब ३९ अर्ब र चैतमा १ खर्ब ४३ अर्बको आयात भएको छ । चैत मसान्तसम्म नेपालले कुल १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । जसमा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब १८ अर्ब रुपैयाँको निर्यात गरेको छ । जसले गर्दा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड कायम भएको देखिन्छ ।
व्यापार घाटा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा १७.०६ प्रतिशत कम हो । यसो हुनुमा आयात र निर्यात दुवैमा आएको संकुचन हो । आयात गत आवको यसै अवधिको तुलनामा १८.०८ प्रतिशतले खुम्चिएको छ । निर्यात २६.३४ प्रतिशत कम हो । कुल वैदेशिक व्यापारमा समेत १८.८९ प्रतिशतको संकुचन आएको हो ।
गत आवको यसै अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोडको आयात भएको थियो । निर्यात १ खर्ब ६० अर्ब रुपैयाँको हुँदा कुल वैदेशिक व्यापारको आकार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको थियो । चैतसम्म नेपालको वैदेशिक व्यापरमा आयातको हिस्सा ९१.०४ रहँदा निर्यातको हिस्सा ८.९६ प्रतिशत छ । निर्यात घट्दा वैदेशिक व्यापारमा यसको योगदान समेत ९.१८ प्रतिशतले ओरालो लागेको छ ।
चैत मसान्तसम्म नेपालले पेट्रोलियम पदार्थको आयातमा मात्र २ खर्ब ६१ अर्ब रुपैयाँ विदेश पठाएको छ । यसमा नेपाललाई शतप्रतिशत व्यापार घाटा छ । स्टील र आइरनको आयातमा यो अवधिमा १ खर्ब रुपैयाँ विदेशिएको छ । यस अवधिमा नेपालले सोही प्रकृतिका वस्तुको निर्यात ७ अर्ब ३० करोड रुपैयाँ बराबरको गरेको छ ।
९ महिनामा ३६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सवारी साधन तथा यसको पार्टपूर्जाको आयात भएको तथ्यांक छ । २५ अर्ब २५ करोड रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । ९ महिनामा विद्युतीय उपकरण र यसको पार्टपूर्जा आयातमा ७३ अर्ब ६७ करोड रुपैयाँ विदेशिएको छ । नेपालबाट ९ अर्बको कार्पेट निर्यात भएको छ । आयातबाट नेपालले २ खर्ब ७६ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार