सिर्सिया नदी प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योग मन्त्रीलाई महानगरप्रमुखको आग्रह
आबिद हुसेन
बैशाख ७, २०८० बिहिबार १७:३८:५४
७ वैशाख, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालाई सम्मान गरेको छ । मन्त्री भएपछि गृहजिल्ला आएका रिजाललाई महानगर प्रमुख राजेशमान सिंहले बिहीबार आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गरेका हुन् ।
मन्त्री रिजालाई सम्मान गर्दै महानगर प्रमुख सिंहले बीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताए ।
रोजगारी बृद्धिका लागि उद्योग ग्राम बनाउन गृहकार्य भइरहेको भन्दै उनले आवश्यक बजेटको व्यवस्था मिलाइदिन पनि आग्रह गरे । बीरगञ्ज औद्योगिक तथा आर्थिक नगर रहे पनि बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन महानगर प्रमुख सिंहले आग्रह गरे ।
नवनियुक्त मन्त्री रिजालले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पुजा गर्नुभएको मलाई सम्झना छ,’ उनले भने, ‘अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्न पर्ने सहयोग गर्न म तयार छु ।’
उनले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिँदै सचिवहरुसँगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताए । सम्मान कार्यक्रममा महानगर उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार